Comments Add Comment

एमाओवादीसँग सहकार्य गर्नेबारे कांग्रेसमा दुई धार

५ पुस, काठमाडौं । निर्वाचनपछि मुलुकको ठूलो दल बनेको नेपाली कांग्रेस एकातिर अन्तरघातको मुद्दासँगै आन्तरिक सांगठानिक विवादमा परेको छ भने अर्कोतर्फ एमाओवादीसँय सहमति गर्ने र नगर्ने दुई धारमा देखा परेको छ । केही दिन यताबाट केन्द्रीय कार्यसमिति बैठकमा जुटेको कांग्रेसको बैठक आज पनि जारी छ ।

congress-flagपार्टी नेतृत्वले एकीकृत माओवादीसँग पाँचबुँदे सहमति गर्न लागेको भन्दै बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा सुशील कोइरालाको चर्को आलोचना भयो । बुधबार प्रचण्ड निवासमा कांग्रेस सभापति सुशील कोइराला लगायतको टोलीले पाँचबुँदे सहमतिबारे छलफल गरेको थियो ।

एमाओवादीसँग हुन लागेको भनिएको पाँचबुँदे सहमतिमा निर्वाचनको धाँधलीबारे छानविन समिति बनाउने, संविधान निर्माण सहमतिका आधारमा गर्ने प्रतिवद्धता जनाउने, गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालगायतका विषयमा प्रतिवद्धता जनाउने, सत्यनिरुपण तथा मेलमिलाप आयोग तुरुन्त गठन गर्ने, उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिँदै त्यसको नेतृत्व प्रचण्डलाई दिने लगायतका विषयहरु समाविष्ट थिए ।

एमाओवादीसँग पाँचबुँदे सहमति हुनै लागेका बेला केन्द्रीय सदस्यहरुले कार्यसमिति बैठकमा आपत्ति प्रकट गरेपछि तत्काल हुन लागेको सहमतिको सम्भावनामाथि तुवाँलो लागेको छ ।

एमाओवादी र एमालेबारे दुई धार

चुनावमा बढी सीट जितिसकेपछि तेस्रो दल एमाओवादीले अघि सारेका प्रस्तावमा झेकेर सहमति गर्न नहुने मत नेपाली कांग्रेसभित्र एकातिर देखिन्छ भने अर्कोतर्फ एमाओवादीलाई सहमतिमा लिएर मात्रै सरकार निर्माण र संविधान निर्माणमा सफल भइन्छ भन्ने मत देखा परेको छ । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायतका नेताहरु चुनावको धाँधलीबारे संसदीय समितिसमेत बनाउन नहुने लाइनमा हुनुहन्छ । चुनावमा धाँधली नभएका यस्तो छानविन समिति बनाउँदा विजेतामाथि नै प्रश्न उठ्ने कोइराला लगायतका नेताहरुको तर्क छ । केन्द्रीय सदस्य गगन थापा पनि एमाओवादीसँग सहमति गर्ने र राजनीतिक संयन्त्रलाई निरन्तरता दिने लाइनको विपक्षमा हुनुहुन्छ । सुशील कोइराला, कृष्णप्रसाद सिटौला लगायतले एमाओवादीसँग गर्न लागेको सहमतिको विपक्षमा विशेषगरी देउवा पक्षका नेताहरु उभिएका छन् ।

सजिलो छैन कांग्रेसलाई

नेपाली का्रंग्रेसलाई एमाओवादीको साथ छाडेर र उसलाई चिढ्याएर अगाडि बढ्न त्यति सजिलो चाँहि छैन ।

दोस्रो ठूलो दल बनेको नेकपा एमालेसँग पनि तालमेल गर्न पर्छ र गर्नुहुँदैन भन्ने कांग्रेसभित्र दुई धार रहेको छ । एमाल नै कांग्रेसको मुख्य प्रतिस्पर्धी भएकाले एमालेलाई साथमा लिएर सरकार बनाउनु भन्दा बरु विपक्षमा बस्नु उपयुक्त हुने केन्द्रीय सदस्य मीन विश्वकर्मा लगायतका नेताहरुले बैठकमै प्रस्ताव गरिसकेका छन् ।

१२ बुँदे समझदारी यताको सहयात्री एमाओवादीलाई विश्वासमा नलिई अघि बढ्नै सकिन्न भन्ने एउटा धार र एमाओवादीलाई कांग्रेसले अब बोकेर हिँड्नै हुन्न भन्ने बैचारिक दोधारमा नेपाली कांग्रेस फस्न थालेको छ । एमालेको हकमा पनि उसँग मिलेर सरकारमा जाने कि एमालेसँग साथै नहिँड्ने भन्नेमा कांग्रेसभित्र दुई लाइन देखएकिो छ ।

प्रधानमन्त्री सुशील कोइराला बन्ने कि शेरहादुर देउवा भन्नेमा आन्तरिक विवादमा फसिरहेका बेला एमाओवादी र एमालेलाई हेर्ने दृष्टिकोणमा समेत नेपाली कांग्रेस विवादमा रुमलिएको छ । समानुपातिक सभासद मनोनयनमा देउवापक्षका बढी पार्ने कि कोइराला पक्षका भन्ने अर्को माथापच्चीसी त छँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment