Comments Add Comment

सुनको भाउ ८ सय रुपैयाँ घट्यो

५ पुस, काठमाडौं । हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल goldसुनको भाउ तोलाको ५२ हजार रुपैयाँ तोकेको छ । बिहीबार छापावाल सुन ५२ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँ घटेर ५१ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार तेजाबी सुन तोलाको ५२ हजार ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर ८ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी तोलाको ८ सय ५० रुपैयाँमा किनबेच भको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment