Comments Add Comment

नेविसंघको महाधिवेशन माग्दै कांग्रेस बैठकमा ज्ञापनपत्र

५ पुस, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार जारी बैठकमा नेपाल विद्यार्थी संघको महाधिवेशन गर्नुपर्ने माग गर्दै संघका पूर्वकेन्द्रीय उपाध्यक्ष नैनसिंह महरालगायतका विद्यार्थीले ज्ञापनपत्र बुझाउनुभएको छ ।

नेविसंघको महाधिवेशन नभएको आठ वर्ष बितिसकेको र छ महिनाभित्र महाधिवेशन गर्न भनी निर्वाचित समिति विघटन गरी नयाँ तदर्थ समिति आएको दुई वर्ष बितिसक्दा पनि पार्टीले महाधिवेशनको लागि मिति घोषणा नगरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

महाधिवेशनजस्तो प्रजातान्त्रिक अभ्यास गर्नबाट पार्टी किन विचलित हुँदै गएको छ भन्दै ज्ञापनपत्रमा महाधिवेशनको नयाँ मिति र त्यसको सुनिश्चितताको कार्यसूची एक साताभित्र घोषणा नभए पार्टी कार्यालयमा तालाबन्दी, रिले अनशनलगायतका आन्दोलन गरिने उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment