+
+

भारतबाट नेपाल पसेका मालवाहक गाडी रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ५ गते १५:०८

५ पुस, वीरगञ्ज । सरकारले सडक क्षमताभन्दा बढीका मालवाहक सवारी साधनमाथि अकस्मात् रोक लगाएपछि विभिन्न भन्सार नाकाहरुमा ट्राफिक जाम हुन थालेको छ । सरकारले ६ चक्के गाडीमा ९ टन, १० चक्केमा १५ टन, १२ चक्केमा २० टन र १४ चक्केमा २३ टनसम्म मात्र मालसामान ढुवानी गर्न पाउने प्रावधान लागू गरेपछि यस्तो समस्या आएको हो ।

सरकारले नयाँ प्रावधान लागू हुनुअघि नै भारत तथा तेस्रो मुलुकबाट लोड भई नेपालतर्फ हिँडेका अधीक भारवहनयुक्त गाडीहरु नेपाली भन्सारमै अलपत्र परेका छन् । यसरी भित्रिने मालवाहक गाडी तथा कन्टेनरहरु ३० देखि ४० टनसम्म भार बोकेका छन् ।

खासगरी भारतबाट भित्रिने वीरगञ्ज भन्सार नाकामा अधीक भारयुक्त गाडीहरुले जाम भएको छ । यसरी थुपि्रएका गाडीको विलम्ब शुल्क तिर्नुपरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैद्यले बताउनुभयो ।

सरकारले पुस २ गते सीमाबाट अधीक भार क्षमताका गाडी आवागमनमा रोक लगाउने निर्णय गर्दै सुधारात्मक कदम चाल्ने बताएको हो । अधीक भारका सवारीका कारण सडकको छिट्टै भत्किने, सवारी दुर्घटना बढ्नेजस्ता घटना भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?