Comments Add Comment

पहिचानबारे बुझाउन जनतामा जान्छौं- श्रेष्ठ

५ पुस, काठमाडौं । संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ पाँच सिट पाएको संघीय समाजवादी पार्टीले पहिचानसहितको संघीयताबारे जनतालाई बुझाउन तीन महिने जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले संघीयतासम्बन्धी जनतालाई बुझाउन जनजागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै पार्टीको उपस्थिति गाउँगाउँसम्म पुराउन र जनसम्बन्ध स्थापित गर्न पनि यस्तो अभियान गर्न लागिएको महासचिव राजेन्द्र श्रेष्ठ जनाउनुभयो । महासचिव श्रेष्ठका अनुसार पार्टी विस्तार तथा जनजागरण अभियानमा जनतालाई पार्टीको नीति र मुद्दाबारे बुझाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment