राजधानीबाट प्रकाशित भएका सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोमा क्यान्सर भएको पुष्टि भएको समाचारलाई मूख्य समाचार बनाएका छन् ।
नागरिक दैनिकले ‘रिहाना फेरि जन्मिइन्’, प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर, तराईमा सामुदायिक वन फँडानी, तस्करीमा उपभोक्ताकै काँध भन्ने समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
गोरखापत्र दैनिकले प्रधानमन्त्री कोइरालाको रेडियोथेरापीबाट उपचार सुरु भन्ने शीर्षक दिएर समाचार छापेको छ । यस्तै ‘सरकारको अभियानमा सबैको सहयोग आवश्यक’, ‘समान अधिकारको व्यवस्था गर्न सुझाव’ लगायत समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
यसैगरी राजधानी दैनिकले प्रधानमन्त्रीस्को फोक्सोमा क्यान्सर, रेडियोथेरापी सुरु भन्ने शीर्षकमा समाचार छापेको छ । यस्तै महाधिवेशन तयारी बैठकमै गुटको रन्को, एकसाथ दुई मोर्चाबन्दीमा एमाओवादी, शीर्ष नेता सम्मिलित उपसमिति बनाउने तयारी भन्ने समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।
प्रतिक्रिया 4