+
+

लाइसेन्स कार्यालयका महर्जन र घिमिरेलार्इ निलम्बन गर्न अख्तियारको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ७ गते १४:४७

७ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका कम्प्युटर अधिकृत राजेश पाछै महर्जन र कम्प्युटर अपरेटर पुस्कर चन्द्र घिमिरेलार्इ निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

कम्प्युटर अधिकृत महर्जनले प्रयोगात्मक परिक्षामा अनुपस्थित तथा अनुत्तिर्ण भएकाहरुलाई तिन महिना अगावै पुनः प्रयोगात्मक परिक्षामा समावेश गराउन कम्प्युटर अभिलेख संशोधन गरी विभिन्न व्यक्तिका नाममा घुस लिइ लाइसेन्स जारी गराएको अख्तियारले जनाएको छ । यस्तै कम्प्युटर अपरेटर घिमिरेले प्रयोगात्मक परिक्षामा अनुत्तिर्ण भएकालाई उतिर्ण गराइ लाइसेन्स जारी भइसकेका व्यक्तिका नम्बरबाट विवरण परिवर्तन गरेको पाइएको छ ।

उनीहरू पदमा बसिरहँदा अनुसन्धानमा नकरात्मक प्रभाव पार्न सक्ने र अन्य प्रमाण समेत नष्ट हुने प्रवल संभावना रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १९ (३) वमोजिम निलम्बन गर्न लेखी पठाइएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?