+
+

सिटिसी मलमा खुल्दैछ व्यवस्थित मोबाइल बजार

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २९ गते १८:२०

ctc-mall
२९ साउन, काठमाडौं । राजधानीको मुटु सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा व्यवस्थित मोबाइल बजार सञ्चालन हुने भएको छ । मलको चौथो तल्ला र पाँचौं तल्लामा सयभन्दा बढी मोबाइलका ब्राण्डेड पसल तथा कम्पनीका शो-रुम र केयर सेन्टरहरु रहनेछन् ।

नेपालकै भव्य, व्यव्स्थित र आधुनिक मोबाइल मार्केट सञ्चालन गर्न लागेको बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले जानकारी दिइयो । मोबाइल बजारमा तीजको अवसर पारी भदौ १२ गतेदेखि सञ्चालनमा ल्याउन लागेको न्यू मोबाइल मार्केटका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।

लामो अनुभव बटुलेका मोबाइल व्यवसायीहरुको समूहले मोबाइल बजार सञ्चालन गर्न लागेको बताउँदै अध्यक्ष बस्नेतले हालसम्म सबै पसलहरुको निर्माण पुरा भएको र सामान्य सजावटको काम मात्रै बाँकी रहेको जानकारी दिए ।

‘एकै स्थानमा विभिन्न पसलहरु तथा मोबाइल ब्राण्डको बारेमा जानकारी लिन सकिने हुँदा समय र पैसाको बचत हुनेछ ।’ सिभिल ग्रुपका अध्यक्ष तामाङले भने- ‘मलको तर्फबाट पनि मोबाइल किन्न आउने ग्राहकहरुलाई हरेक प्रकारको सुविधा उपलब्ध गराउने हाम्रो प्रयास रहेको छ ।’

सामसुङ मोबाइलका नेपालका लागि आधिकारीक बितरक आइएमएसका प्रेसिडेन्ट दिपक मलहोत्राले सामसुङ कम्पनीले न्यू मोबाइल मार्केटमा आफ्नो आधिकारीक सर्भिस सेन्टर स्थापना गर्ने र ग्राहकहरुलाई सेवा प्रदान गर्ने बताए । उनले अहिलेको न्यूरोडको मोबाइल बजार साँघुरो भएको र दोस्रो र व्यवस्थित मोबाइल मार्केट आवश्यक भएको बेला न्यू मोबाइल मार्केट सञ्चालनमा आउन सह्रानिय काम भएको बताए ।

ओपनिङमा प्रवर्द्धनात्मक एक्स्पो

ग्राण्ड ओपनिङको अवसर पारेर मोबाइल मार्केटले भदौ १२ गतेदेखि २१ गतेसम्म प्रबर्द्धनात्मक एक्स्पो पनि आयोजना गर्न लागेको छ । उक्त एक्स्पोको अवधिभर मोबाइल खरिदमा प्रत्येक दिन एउटा ३० हजार रुपैंया बराबरको मोबाइल सेट र बम्पर उपहारमा ८० हजार रुपैयाँ बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिने बताइएको छ ।

यस अवसरमा हरेक ब्राण्डको नयाँ मोबाइल खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको विशेष छुट पनि दिइने मार्केटका अध्यक्ष बस्नेतले जानकारी दिए ।

यस मोबाईल मार्केटमा २४ सै घण्टा बिजुली, पार्किङ तथा सुरक्षाको ब्यबस्था मिलाइएको छ भने मोबाइल बजारमा आउने ग्राहकहरुले निशुल्क वाइफाइमार्फत इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

ब्रान्डेड मोबाइलमात्र

मार्केटमा गुणस्तरिय मोबाइल मात्र बिक्री गर्ने योजना रहेको बताउँदै अध्यक्ष बस्नेतले ग्रे च्यानलबाट आयात गरिएका तथा भन्सार नतिरी भित्रीएका मोबाइल सेटहरुको बिक्रीलाई निरुत्साहित गरिने बताए ।

मोबाइल बजारमा सामसुङ, हुवावे, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, बिक्यु, लेनेभो, सेलकोन, आइफोन, स्पाइस, डिटिसी, इन्टेक्स, एचटिसी, लाभा, जोलो, रेज, माइक्रोम्याक्स, फ्लाइ र वीनकम लगायतका कम्पनीबाट उत्पादित मोबाइल सेटहरु बिक्री बितरण हुने कम्पनीले जनाएको छ ।

मार्केटमा बजेट फोन, फिचर फोन, स्मार्टफोनका साथै विभिन्न किसिमका ग्याजेट्स र मोबाइल एशेसोरिज, ट्याबलेट, ल्यापटप, फ्याबलेटलगायतका सामाग्रीहरु पनि बिक्री गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?