+
+

पशुपति शर्माको ‘चिन्ता छैन केही’ सर्वोत्कृष्ट दोहोरी

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २८ गते २१:५९

Hari-Prasad-Rimal

२८ भदौ, काठमाडौं । यस वर्षको इमेज लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ गायक एवं नाट्यकर्मी हरिप्रसाद रिमाल सम्मानित भएका छन् ।

शनिबार भएको इमेज अवार्डमा नेपाली गीत संगीत र नाट्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै इमेज ग्रुपले रिमाललाई १ लाख नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । रिमाल रेडियो नेपालका पहिलो गायक समेत हुन् ।

१६ औं इमेज अवार्डमा गत बर्ष झैं यस बर्ष पनि २३ विधामा स्रष्टाहरुलाई सम्मान गरिएको छ । २०७० असार १ गतेदेखि २०६८ जेठ मसान्तसम्म सार्वजनिक भएका सृजना मध्येबाट २३ विधाका उत्कृष्ट पाँचमा पर्न सफल सृजना र सर्जकलाई पनि सम्मानित गरियो ।Image award 2014 (6)

पशुपति शर्माको चिन्ता छैन केही बोलको गीतले सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड प्राप्त गर्‍यो । यस्तै फूल फुलेरैबाट रामजी खाँड र सम्झना लामिछानेले सर्वोत्कृष्ण गायन दोहोरी गीतको अवार्ड प्राप्त गरे ।

इमेज अवार्डमा यसवर्ष सुगम पोखरेलको स्वरमा रहेको मेरो जीवन बोलको गीतले सर्वोत्कृष्ट गीतको अवार्ड पायो । यस्तै, खाएको कसम बोलको गीतबाट सुमन कुमार श्रेष्ठले सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त पाए ।

खुशी मागे…बोलको गीतबाट अञ्जु पन्तले उत्कृष्ट गायिकाको अवार्ड पाइन् । तर अञ्जु पन्त भने कार्यक्रममा उपस्थित थिइनन् ।

यसैगरी सर्वोत्कृष्ट समूह गायनमा अमन प्रधान र अक्षता अधिकारीले तथा चलचित्र झोलेको तिमीनै बोलको गीतबाट राजेश पायल राई, रजिना रिमाल र हरी लम्सालले उत्कृष्ट चलचित्र गीतको अवार्ड प्राप्त गरे ।

यस्तै, सर्वोत्कृष्ट नव कलाकारको अवार्ड उडी उडीका लागि शिखा भारतीले पाइन् ।

कार्यक्रमको थप तस्वीर हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?