+
+

तिहारका मिठाइमा अखाद्य पदार्थको मिसावट, सावधान रहन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ६ गते ७:२७

६ कात्तिक, काठमाडौं ।तिहारका लागि लक्षित गरेर बजारमा बेच्न राखिएका मिठाईमा अखाद्य पदार्थको मिसावट बढी पाइएकाले उपभोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। यस्ता मिठाई खाँदा दीर्घकालीन रोगसमेत निम्‍तन सक्छ। त्यसैले मिठाई किन्नुअघि त्यसको गुणस्तर पहिचान गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

mithai‘बिनाजानकारी जस्तो पायो त्यस्तै मिठाई खाँदा कतिपय मानिसको स्वास्थ्यमा दीर्घकालीन असर पुग्न गएका घटना बाहिर आउन थालेका छन्’, वरिष्ठ फिजिसियन डा. भूपेन्द्रकुमार बस्नेतले भने, ‘एक त स्वस्थकर मिठाई पनि धेरै खानु हुन्न, त्यसमाथि पनि बजारमा पाइने अस्वस्थकर र अखाद्य रङ मिसाइएका मिठाई खाँदा मानिस रोगी बन्न थालेका छन्।’ चिकित्सकका अनुसार स्वस्थकर मिठाई पनि ठिक्क खानुपर्छ र शारीरिक अभ्यास गर्नुपर्ने अन्नपूर्ण पोस्टमा खबर छ ।

चाडपर्वका बेला बजारमा बेच्न राखिने मिठाईमा अखाद्य पदार्थको मिसावट अत्यधिक हुने गरेको पाइएको छ। चिनी, दूध, घिउलगायतका सामग्री पनि नक्कली प्रयोग गरिएको पाइएको छ। यसबारे उपभोक्ता अनभिज्ञ हुँदा मिठाई नै विष हुन सक्छ।

‘यस्ता पदार्थबाट क्यालोरी मात्र बढी पाइन्छ, जसका कारण मानिसको तौल, कोलस्ट्रोल बढ्दै जान्छ र हृदयातलगायत अनेकौं कडा रोग लाग्न सक्छ’, डाइटिसियन डा. परनीति सिंहले भनिन्, ‘तिहारजस्ता चाडपर्वमा धेरै मिठाई खाइन्छ तर शारीरिक अभ्यास भने एकछिन पनि गरिँदैन।’

मिर्गौलारोग विशेषज्ञ डा. राजेन्द्र अग्रवालले मिठाईमा प्रयोग हुने अखाद्य रङले दीर्घरोगसमेत निम्त्याउने भएकाले खाँदा सतर्कता अपनाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?