
रातो रंगले प्रेमको भाव बोल्छ । प्रेमीले प्रेमिकालाई प्रेम प्रस्ताव राख्दा रातो गुलाबको साहारा धेरै लिन्छन् । अर्कोतिर, रातो पहिरनले मानिसलाई शक्तीशाली महशुश गराउँछ पनि भनिन्छ ।
काठमाण्डौमा आयोजना भएको चलचित्र ‘जिन्दगी रक्स‘को पत्रकार सम्मेलनमा निर्मात्रीदेखि २ महिला कलाकारको पहिरन रातो थियो । सायद, सल्लाहा गरेरै उनीहरुले रातो पहिरन लगाएको हुनुपर्छ ।
प्रेम, रोमान्स, कमेडीको यो चलचित्रको कार्यक्रममा उपस्थित ३ सुन्दरीहरुले नै रातो पहिरन लगाउनु आफैमा रोचक देखियो । उनीहरु चलचित्रको रंगिन रंग जस्तै पहिरन लगाएर खुल्न चाहन्थे । अर्कोतिर, ३ यूवतीले रातो पहिरनमा चलचित्रमा आफ्नो भूमिका शक्तिशाली छ भनेर देखाउन खोजेको पनि हुनसक्छ । रातो पहिरनले आफ्नो अगाडि अरुलाई कमजोर पनि देखाउछ ।

मोडल अकेषा बिष्ट, नायिका ऋचा शर्मा र सह-निर्मात्री तथा सुजिता श्रेष्ठको पहिरनले यस्तै संकेत गर्यो । पौष १८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको प्रचारमा कलाकारहरुले पहिरनको प्रयोग गरे । अब, यसको निर्माण यूनिटले अन्य कुन-कुन तरिका अपनाएर नायिकाहरुलाई अगाडि ल्याउने हो, हेर्न बाँकी छ ।


प्रतिक्रिया 4