+
+

काठमाण्डौ ओर्लेलगत्तै मोदीको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ९ गते ११:३२

Modi

९ मंसिर, काठमाडौं । अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न कार्यक्रममा व्यस्त भएका छन् ।

विशेष विमानबाट अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका मोदी उनी आफैंले ल्याएको बुलेट प्रुफ कार चढेर सोल्टी होटल गएका थिए । सोल्टीमा केहीबेर आराम गरेपछि उनी काठमाण्डौका विभिन्न कार्यक्रममा सरिक भए ।

मोदीले बेलुकी शीतल निवास पुगेर राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् ।

Trama-centerट्रमा सेन्टर हस्तान्तरण

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई ट्रमा सेन्टर हस्तान्तरण गरे । भारत सरकारको सहयोगमा बीर अस्पताल छेउमा ६ वर्षअघि ट्रमा सेन्टर निर्माण गरिएको थियो । तर, भारत सरकारले हस्तान्तरण नगरिदिँदा ट्रमा सेन्टरमा बिरामीको उपचार शुरु हुन सकेको थिएन ।

मंगलबार उदघाटनलगत्तै ट्रमा सेन्टरमा बिरामीको उपचार सुरु गर्ने तयारी छ ।

ट्रमा सेन्टर बनाउन हालसम्म ३ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ । ठूला-ठूला दुर्घटनामा परेर अंगभंग भएका, हातखुट्टा भाँचिएका, टाउको फुटेका, आगोमा जलेर घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने र जटिल शल्यक्रिया गर्ने उद्देश्यले भारत सरकारले ट्रमा सेन्टर बनाइदिएको हो ।

ट्रमाको भवन निर्माण, उपकरण जडान, फर्निचर लगायतका सबै खर्च भारतले व्यहोरेको छ ।

helocopter given by modi
भारतले नेपाली सेनालाई दिएको हेलिकोप्टर

हेलिकोप्टर हस्तान्तरण

भारतीय प्रधानमन्त्री मोदीले आजै नेपाललाई १४ सिटे ‘एएलएच ध्रुव मार्क थ्री’ हेलिकोप्टर हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाले टुँडीखेलमा आयोजना गरेको विशेष कार्यक्रममा मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् । लगत्तै प्रधानमन्त्री कोइरालाले हेलिकोप्टर सेनापति गौरवशमसेर राणलाई हस्तान्तरण गरे ।

आक्रमण प्रयोजनका लागि भारतले यो हेलिकोप्टर सन् २०१२ मा निर्माण गरेको हो । हेलिकोप्टर शनिवार नै काठमाण्डौ आइसकेको थियो ।

काठमाडौं-दिल्ली बस सेवा उदघाटन

मंगलबारलाई बा ३ ख ४१६९ नम्बरको ३५ सिट क्षमताको एसी बस काठमाडौंबाट दिल्ली गएको छ । काठमाडौंबाट दिल्ली जाने भाडा ३ हजार ६ सय ८० रुपैयाँ तोकिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं-दिल्ली सिधा बस सेवा उदघाटन कार्यक्रममा पनि सरिक भए । सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा बस सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।

तत्कालका लागि एक-एकवटा सुविधासम्पन्न बस काठमाडौंबाट दिल्ली र दिल्लीबाट काठमाडौं चलाउने सरकारको योजना छ । यसअघि निजीस्तरमा मात्रै काठमाडौं-दिल्ली बस सेवा सञ्चालन हुँदै आएको थियो ।

मंगलबार अपरान्ह बा ३ ख ४१६९ नम्बरको ३५ सिट क्षमताको एसी बस काठमाडौंबाट दिल्ली गएको छ । मंगलबारै दिल्लीबाट पनि काठमाडौंका लागि बस छुटेको छ । काठमाडौंबाट दिल्ली जाने भाडा ३ हजार ६ सय ८० रुपैयाँ तोकिएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ललितपुर दरवारस्वायर जाने कार्यक्रम भएपनि उक्त कार्यक्रम रद्ध भएको छ ।

अरुण तेस्रोको पीडीएमा हस्ताक्षर

बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको पीडीएमा हस्ताक्षर गर्ने कार्यक्रममा पनि भारतीय प्रधानमन्त्री मोदी सरिक भए । नेपाल र भारतका प्रधानमन्त्रीको उपस्थितिमा अरुण तेस्रो जलविद्युत आयोजनाको लगानीकर्ता भारतीय कम्पनी सतलज विद्युत निगम र लगानी बोर्डका अधिकारीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लगानी बोर्डले यही मंसिर ५ गते सो सम्झौतालाई स्वीकृत गरेको थियो । सतलज अरुण तेस्रोको विकासकर्ता कम्पनि हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना विकास सम्झौता (पीडीए)लाई पारित गरेपछि सम्झौताको बाटो खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?