१२ मंसिर, काठमाडौं । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले चीनलाई सार्कको सदस्य बनाउने औपचारिक प्रस्ताव नै नआएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले प्रस्ताव आए सामूहिक रुपमा त्यसवारेमा निर्णय लिने बताए । उनले भने-‘चीन अहिलेको विश्वको उदयीमान शक्ति हो, अहिले चीन सार्कको पर्यवेक्षकको रुपमा रहेको छ ।’
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. भट्टराईले नेपालले विशेष परिस्थितिको बावजुद पनि सार्क सम्मेलन सफल भएको बताए । उनले भने-‘दक्षिण एशियाका नेताहरुको माँझ नेपाल व्यवस्थापकीय र सूरक्षाको दृष्टिकोणको हिसावले महत्वपूर्ण तथा ठूला सम्मेलनहरु गर्नको लागि सक्षम छ भन्ने कुराको प्रमाणित भएको छ ।’
प्रधानमन्त्री सुशील कोइरालाले धुलिखेलमा आयोजित रिटि्रटमा उर्जा सम्झौतामा सहमत गराउन सफल भएको समेत उनले जानकारी दिए ।
प्रतिक्रिया 4