+
+

महाकालीको पानी यमुनामा खसाल्नेे मोदीको डिजाइन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते १८:०५
फाइल फोटो
फाइल फोटो

१४ मंसिर, काठमाडौं । नेपालबाट बगेको महाकाली नदीलाई भारतको यमुना नदीमा मिसाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योजना रहेको खुलासा भएको छ । भारतको यो योजनालाई कोइराला सरकारले सहमति दिइसकेको भारतीय दाबी छ ।

भारतको राजधानी नयाँ दिल्ली हुँदै बहने नदी यमुनालाई पुनर्जिवन दिनका लागि महाकाली नदीबाट बगेको पानीलाई यमुनामा मिसाउने योजना भारत सरकारले तय गरेको हो ।

भारतको बहुचर्चित नदी जोड्ने परियोजना (इन्टरलिंक रिभर) मा अहिलेसम्म ३० वटा यस्ता नदी रहेकोमा महाकाली नदीलाई समेत समावेश गरी ३१ वटा पुर्‍याउने योजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा शारदा नदी भनिने गरेको महाकाली नदीको पानी नेपाल-भारत सीमाक्षेत्रबाटै उत्तराखण्ड तथा उत्तर प्रदेश हुँदै नयाँदिल्लीको नजिकै यमुना नदीमा लगेर मिसाउने योजना तय गरिएको हो ।

यो नयाँ लिंकको सम्भाव्यताबारे भारतीय प्रधानमन्त्री मोदीले गएको अगष्टमा भएको नेपाल भ्रमणका बेला प्रधानमन्त्री सुशील कोइरालासँग कुराकानी गरिसकेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

नेपाली पक्ष सहमत भएको दाबी

महाकालीको नदी यमुनामा मिसाउने भारतको योजनामा नेपाली पक्षले सहमति जनाइसकेको बताइएको छ । उत्तरी भारतका अन्य नदी जोड्ने परियोजनामा जस्तै महाकाली नदीलाई यमुनामा जोड्ने परियोजनामा समेत सहकार्य गर्ने प्रतिवद्धता नेपालले जनाएको टाइम्स अफ इण्डियाले लेखेको छ ।

महाकालीको पानी यमुना नदीमा मिसाउने योजना पूरा भएमा प्रदुषित यमुना नदीमा पानीको बहाव बढ्ने र यसले नदीको जल पर्यावरण ब्युँताउन सहयोग पुर्‍याउने आशा प्रधानमन्त्री मोदीको छ ।

यो परियोजनाका लागि उत्तराखण्ड सरकारले सहमति जनाइसकेको र उत्तरप्रदेश सरकारको सहमति लिइने भारतका सरकारी अधिकारीहरुले बताएका छन् ।

TIMES-OF-INDIA-report

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?