१५ मंसिर, काठमाडौं । बाराको गढीमाईमा भइरहेको सामुहिक पशुबली रोक्न माग गर्दै सोमवार सिंहदरवार अगाडि केही पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।
सरकारले नै पशुबली रोक्न चासो नदिएको भन्दै स्वस्फूर्त रुपमा जम्मा भएकाहरुले बली प्रथा विरुद्ध प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।
यो प्रदर्शन कुनै संघ संस्थाले संगठित रुपमा नगरेको र निर्दोष प्राणीको क्रुरतापूर्वक हत्या रोक्न स्वस्फूर्त जम्मा भएको सहभागीहरुले बताए ।
पशुअधिकारकर्मी प्रमदा शाहले फेसबुकबाट प्रदर्शनका लागि आह्वान गरेपछि उनीहरु अनामनगर हनुमानस्थान अगाडि भेला भएका थिए ।
प्रदर्शनमा विशेष महिला र युवा पुस्ताको सहभागिता थियो । यो अभियान जारी राखिने उनीहरुले बताएका छन् ।
कविन अधिकारीले खिचेका तस्वीर हेर्नुहोस्-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4