१ पुस, काठमाडौं । भारतबिरुद्धको दोस्रो टेस्ट क्रिकेटका लागि अष्ट्रेलियाली टीममा तीन परिवर्तन गरेको छ । चोटका कारण सिरिज गुमाएका कप्तान माइकल क्लार्कको स्थानमा साउन मार्सले खेल्ने छन् ।
दुई अनुभवी फास्ट बलहरु पिटर सिडल र रायन हृयारिसलाई पनि प्लेइङ ११ मा राखिएको छैन । हृयारिस घाइते भएपछि उनको स्थानमा मिचेल स्टार्कलाई टीममा फिर्ता बोलाइएको छ । स्टार्कले अघिल्लो महिना पाकिस्तानविरुद्धको टेस्ट खेलेका थिए ।
त्यस्तै युवा बलर जोश हृयाजलउडले पिटर सिडको स्थान लिएका छन् । २३ बर्षीय हृयाजलउडको यो डेब्यू म्याच हुनेछ । पहिलो टेस्टमा राम्रो प्रदशन गर्न नसकेपछि सिडल पहिलो रोजाइमा नपेरको क्रिकेट अष्ट्रेलियाको वेबसाइटमा उल्लेख छ ।
भारत लागि नियमित कप्तान महेन्द्र सिंह धोनीले टीममा फर्कने छन् । चोटका कारण उनले पहिलो टेष्ट गुमाएका थिए । कार्यबाहक कप्तान विराट कोहलीले दुबै पारीमा शतक हानेपनि टीमलाई जिताउन भने सकेनन् ।
प्रतिक्रिया 4