+
+

एमालेले १८ गते देशभर सभा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ७ गते २०:१३

७ पुस, काठमाडौं । नेकपा एमालेले संविधान निर्माणका लागि अनुकूल वातावरण निर्माण गर्न भन्दै पुस १८ गते देशभर कार्यकर्ता भेला गर्ने भएको छ ।

CPN_UML_officeदेशका प्रमुख १५ शहरमा हुने कार्यकर्ता भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

माघ ८ गतेभित्रै संविधान निर्माणका लागि अनुकूल वातावरण निर्माण गर्न तथा संविधानका अन्तर्वस्तुमा पार्टी दृष्टिकोण स्पष्ट पार्न देशका मुख्य सहरसहित सबै जिल्लामा कार्यकर्ता भेला गर्न लागिएको महासचिव ईश्वर पोखरेलद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरमा अध्यक्ष केपी शर्मा ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगन्जमा नेता माधवकुमार नेपाल, नेपालगन्जमा उपाध्यक्ष वामदेव गौतम, पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारी, धनगढीमा उपाध्यक्ष युवराज ज्ञवाली, भीमदत्तनगरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै बुटवलमा उपाध्यक्ष भीमबहादुर रावल, लहानमा महासचिव पोखरेल, चितवनमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सुर्खेतमा, उपमहासचिव घनश्याम भुसाल, हेटौँडामा सचिव प्रदीपकुमार ज्ञवाली, धनकुटामा सचिव पृथ्वीसुब्बा गुरूङ, बाग्लुङमा सचिव गोकर्णराज विष्ट र डोटीमा सचिव योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य, सभासद् र अन्य नेताले पनि विभिन्न जिल्लामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?