+
+

कमल थापाले भने- हामीलाई अछुतको व्यवहार गरियो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २ गते १५:०१

Kamal-thapa

२ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति निर्माण प्रक्रियामा आफ्नो पार्टीलाई अछुतजस्तो व्यवहार गरिएको गुनासो गरेका छन् ।

सम्वाद समितिको प्रतिवेदनमाथि शुक्रबारबाट सुरु भएको छलफलमा भाग लिँदै थापाले चुनावबाट चौथो शक्ति भएर आए पनि सहमति निर्माण प्रक्रियामा निषेध गरिएको बताए । उनले भने-‘आफ्ना कुरा प्रष्टसँग राख्न समेत पाइँन । खुलेर बहस गर्न पाइँन ।’

प्रचण्ड बाबुरामलाई जनयुद्धको नायक भन्दै थापाले भने-‘किन गणतन्त्र चाहियो ? कुनै समय क्याम्बोडिया मोडलको राजतन्त्रको कुरा गर्नुभएको थियो, राजतन्त्रलाई ठाउँ मिल्छ कि मिल्दैन, बहस गरौंंला भन्ने लागेको थियो ।’

आन्दोलनका सम्वाहक कांग्रेस र एमालेसँग पनि बहस गर्ने इच्छा पूरा नभएको थापाले बताए ।

माघ ८ संविधान नबन्नुमा केही सीमित नेता जिम्मेवार भएको भन्दै थापाले उनीहरुले नैतिक जिम्मेवारी लिएर आत्मालोचना गर्नुपर्ने बताए ।

महान उपलब्धी विपत्तको राजमार्ग

दलहरुले भन्ने गरेको महान उपलब्धी जलझेल र षड्यन्त्रबाट आएको भन्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहमा जान चुनौती दिए ।

विदेशीको दबावमा हिन्दु राष्ट्रको पहिचान मेट्ने काम भएको भन्दै उनले संगठित रुपमा भइरहेको धर्म परिर्वतन रोक्न नसके एक दिन नेपालमा हिन्दु र बौद्ध धर्म अल्पमतमा पर्ने बताए ।

थापाले भने-जसलाई महान उपलब्धी भनिएको छ, त्यो विपत्तको राजमार्ग मात्र हो । ९ वर्षको अभ्यासले हेरौं, बारम्बार पुष्टि भइसकेको छ ।’

थापाले दलहरुबीच सहमति हुन नसक्ने र दुई तिहाइको प्रक्रिया पनि अघि बढ्न नसकेको भन्दै अब जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरे ।

उनले कांग्रेस र एमालेले भन्दै आएको फास्ट ट्रयाक विधि आफूहरुलाई अस्वीकार्य भएको बताए । उनले भने-‘कथित फास्ट ट्रयाकका नाममा विधि र प्रक्रिया निलम्बन गर्ने दुस्प्रयास नगर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?