+
+

प्रधानमन्त्री र प्रचण्डवीच टेलिफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १४ गते २०:३६

१४ माघ, काठमाडौं । प्रश्नावली समिति गठनको कदम नसच्याएसम्म सरकारसँग वार्ता नगर्ने बताउँदै आएका एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री सुशील कोइरालाले बुधबार साँझ टेलिफोन गरेर सहमतिको प्रस्ताव राखेका छन् ।

susil koirala and prachandaप्रधानमन्त्री कोइरालाले टेलीफोन गरेर प्रचण्डलाई सहमति गरौं भन्ने प्रस्ताव राखेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्रीलाई जवाफ दिँदै प्रचण्डले ‘वार्ताको ढोका तपाईहरु आफैंले बन्द गरेको’ प्रतिक्रिया दिएको खड्काले बताए । ‘पहिले सभाध्यक्ष सुवास नेम्वाङले चालेको कदम सच्याउनुपर्छ र वार्ताको वातावरण सरकारले आफैं तयार पार्नुपर्छ’ प्रचण्डले प्रधानमन्त्रीलाई दिएको जवाफ उधृत गर्दै खड्काले भने ।

प्रधानमन्त्री कोइरालाले वार्ताको वातावरण बनाउने आश्वासन दिएको उनले अनलाइनखरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?