+
+

यमनमा विद्रोहीद्वारा सत्ता कब्जा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २४ गते ८:२२

yemen_houthi
२४ माघ, काठमाडौं । यमनमा हुती विद्रोहीहरुले सत्ता कब्जा गरेका छन् । उनीहरुले संसद भंग गरेर सत्ता हातमा लिएको घोषणा गरेका हुन् ।

शिया चरम्पन्थी यो विद्रोही समूहले राजधानी सानामा टेलीभिजनबाट सन्देश प्रसारण गरी सरकार चलाउन १ सय ५१ सदस्यीय परिषद गठन गरेको घोषणा गरेको छ । यसले अन्तरिम सरकारलाई सल्लाह सुझाव दिने छ ।

उनीहरुले अब देशमा नयाँ युग सुरु भएको र यमनलाई सुरक्षित गर्ने दाबी गरेका छन् । यमनमा लामो समयदेखि सत्ताको लडाईं जारी थियो । संयुक्त राष्ट्रसंघको पहलमा भएको वार्ता पनि विफल भएको थियो । यही राजनीतिक खिचातानीको बीच राष्ट्रपति आबेद राब्बो मन्सूर हादीले जनवरीमा राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?