+
+

ल्यारक्यालबारे एमाओवादीका तीन उपमा : जुम्रो, विज्ञ र ‘मालदार’

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २७ गते १७:४७

२७ माघ, काठमाडौं । एमाओवादी नेताहरुले ल्यारक्याल लामाबारे मंगलबार तीन किसिमका विम्ब र उपमा सार्वजनिक गरे । कसैले यो विवादलाई जुम्रोसँग तुलना गरे भने कसैले उनलाई ‘विज्ञ’को संज्ञा दिए ।

Lharkyal-Lama
फाइल फोटोः ल्यारक्याल लामालार्इ पार्टी प्रवेश गराउँदै प्रचण्ड

एमाओवादी नेता डा. बाबुराम भट्टराईले सभासदमा ल्यारक्याल लामाको नियुक्तिसम्बन्धी विवादलाई ‘जुम्रा’को संज्ञा दिए भने पार्टी प्रवक्ता दीनानाथ शर्माले उनी विज्ञ भएकाले सभासद बनाइएको भन्दै विज्ञप्ति निकाले । अर्का नेता प्रभु साहले चाँहि लामालाई ‘मालदार’ व्यक्तिको संज्ञा दिए ।

विवादास्पद छविका लामालाई पार्टीले अकस्मात् मधेसी दलितको सीटमा सभासद बनाएपछि यो निर्णयलाई लिएर एमाओवादीभित्र अन्तरविरोध चर्किएको छ ।

तर, कांग्रेस र एमालेले सिंगै संविधानसभामा अपहरण गर्दा पनि ध्यान नजानु तर, एमाओवादीले गरेको एक सभासदको नियुक्तिलाई लिएर बढी चर्चा गर्नु सही नभएको तर्क एमाओवादी नेता डा. बाबुराम भट्टराईको छ ।

कागको पछि नदौडौं  : डा. भट्टराई

Baburam-Bhattaraiनेता डा. भट्टराईले यो प्रकरणमा कागको पछि नदौडिन आग्रह गर्दै कांग्रेस र एमालेले संविधासनभाकै अपरण गर्न लागेका बेला एक सभासदको नियुक्ति ठूलो कुरा नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले भनेका छन्-‘एउटा सभासद नियुक्तिको प्रश्न संविधानसभाकै अपहरण गरेर ०४७ को संविधान नयाँ गातासहित जारी गर्ने प्रतिगामी हर्कतभन्दा ठूलो हो त ? कागको पछि नदौडौं ।’

ल्हारक्याल प्रकरणलाई नै संकेत गर्दै डा. भट्टराईले धनगढीबाटै अर्को ट्वीट पनि गरेका छन् । उनले एमाओवादीको आङको जुम्रो खोज्नेहरुले कांग्रेस एमालेको आङको भैंसी देख्न नचाहेको गुनासो गरेका छन् ।

 

‘एमाओवादीको आङको जुम्रो खोज्नेहरुले संयुक्तरुपमा देशको ब्रम्हलुट गरिरहेका कांग्रेस र एमालेको आङको भैंसी किन नदेखेका वा नदेखे झैं गरेका होलान् ?’ डा.भट्टराईको प्रश्न छ ।

प्रभु साहको आपत्ति

Prabhu-Sahaडा. बाबुराम भट्टराई समूहकै नेता प्रभु साहले पत्रकार सम्मेलन नै गरेर ल्हारक्यालका बारेमा पार्टीले गरेको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

मधेसी दलितको कोटा खोसेर मालदार व्यक्तिलाई सभासद बनाइएको साहको आरोप छ । केन्द्रीय समितिमा छलफल नै नगरी हस्ताक्षर कीर्ते गरेर उनलाई नियुक्त गरिएको साहको आरोप छ ।

मधेसमा एमाओवादीप्रति आकर्षण घटिरहेका बेला गरिएको यस्तो निर्णयले मधेसमा पार्टी कमजोर हुने भन्दै साहले मधेसी, गरीब र दलितहरु यो निर्णयबाट मर्माहत भएको गुनासो सहित वक्तव्य जारी गरेका छन् ।

प्रवक्ता भन्छन् : ल्यारक्याल विज्ञ हुन्

एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले मंगलबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै ल्यारक्याल लामा बुद्धिष्ट समुदायका विज्ञ भएकाले उनलाई सभासद बनाइएको जिकिर गरेका छन् ।

ल्यारक्यालमाथि लागेको आरोपमा उनले सफाइ पाइसकेका उनलाई विवादास्पद व्यक्ति भन्न नमिल्ने प्रवक्ता शर्माको तर्क छ ।

‘पोष्टबहादुर पनि छक्क, हामी पनि छक्क’

aahutiउता एमाओवादीका अर्का नेता आहुतीले फेसबुकमा स्टाटस लेख्दै ल्यारक्याललाई सभासद बनाइएकोमा आफू छक्क परेको बताएका छन् ।

आहुतीले दिवंगत भइसकेका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी दिवाकरलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन्-‘प्रिय पोष्टबहादुर दिवाकर, दुईवटा हात्ती मिले पनि नमिले पनि तोरीबारी ध्वस्त पार्छन् । तर, यसपालि तिम्रो यो आरोपलाई छल्न होला, सायद हात्तीहरुले मिलेर तोरीबारीतिर ध्यानै दिएनन् । बरु मिस्टर माननीय ल्यारक्याललाई पो जन्म दिए । तिमी पनि छक्क, हामी पनि छक्क ।’

Aahuti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?