१ फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले शुक्रबारदेखि मेची-महाकाली अभियान सुरु गरेको छ ।

संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभाको माग गर्दै माओवादीले सुरु गरेको अभियान चैत २४ गतेसम्म चल्ने छ । अभियानको क्रममा संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार लगायतका कार्यक्रम हुनेछन् ।
काठमाडौंको बसन्तपुरमा दिउँसो १ बजे हुने अभियान उदघाटन कार्यक्रमलाई अध्यक्ष मोहन वैद्यले सम्वोधन गर्ने छन् । २० औं जनयुद्ध दिवसको अवसर पारेर सुरु गरिएको अभियानका लागि नेताहरुलाई देशभर खटाइएको छ ।
उपाध्यक्ष सीपी गजुरेल कैलालीमा, महासचिव रामबहादुर थापा बुटवलमा, सचिव देव गुरुङ इटहरीमा र प्रवक्ता पम्फा भुसालले काभ्रेको बनेपामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने माओवादीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4