८ फागुन, काठमाडौं । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ झापाका प्रगतिवादी साहित्यकार पुण्यप्रसाद खरेललाई प्रदान गरिएको छ ।
बिहीबार प्रतिष्ठानले गरेको कार्यक्रममा साहित्यकार आनन्ददेव भट्टले सो पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
सोही अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरी र साहित्यकार आनन्ददेव भट्टले साहित्यकार मिश्रले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीले प्रगतिशील आन्दोलनको अगुवाई गर्ने व्यक्तित्व तथा संस्थालाई प्रतिष्ठानले सम्मान गर्ने परम्परा अनुसार २०४९ सालदेखि निरन्तर सम्मान गर्दै आएको बताए ।
पुरस्कृत व्यक्तित्व खरेलले नेपाली प्रगतिवादी साहित्यकार युद्धप्रसाद मिश्रको नाममा स्थापना गरिएको पुरस्कारले मिश्रले साहित्यको क्षेत्रमा पुर्याएको त्याग र बलिदानलाई सदैब स्मरण गराइरहेको बताए ।
प्रतिक्रिया 4