+
+

विमानस्थलको क्षमता विस्तार योजना अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते ११:४६

८ फागुन, विराटनगर । विराटनगर विमानस्थलको क्षमता विस्तारका लागि सरकारले बजेट छु्याए पनि योजना स्वीकृत हुन सकेको छैन । योजना स्वीकृत नभएपछि विमानस्थलको क्षमता विस्तारको सम्भावना क्षीण हुँदै गएको छ ।

biratnagar_airportनेपाल नागरिक उड्डयन कार्यालय, विराटनगरले योजना स्वीकृतका लागि आफ्नो प्रधान कार्यालयमा पठाइएका योजना अझैँसम्म स्वीकृत नभएकाले क्षमता विस्तारको सम्भावना क्षीण बन्दै गएको हो ।

विमानस्थलको क्षमता विस्तारका लागि चालु आर्थिक वर्षमा सरकारले एक करोड ५० लाख रूपैयाँ विनियोजन गरेको नेपाल उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुधीर चौधरीले जानकारी गराए ।

विमानस्थलमा तत्काल एप्रोन विस्तार, ट्रमिनल भवनको विस्तार र हेलिप्याड निर्माणका लागि प्रधान कार्यालयमा पत्राचार गरिएको भए पनि अहिलेसम्म कुनै जानकारी नआएको उनले बताए ।

योजना स्वीकृत भएपछि रकम विनियोजन भएको अवस्थामा काम गर्न अत्यधिक समय रहन्छ । यहाँ रकम पहिले नै विनियोजन भएको छ । तर योजना अहिलेसम्म स्वीकृत नभएको अवस्था छ ।

योजना स्वीकृत हुन ढिला हुँदै गएपछि विराटनगर विमानस्थलका लागि छुट्याएको रकम फ्रिज हुने चिन्ता व्यक्त गर्न थालिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?