२३ फागुन, काठमाडौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन दिनदेखि अवरुद्ध हुँदा अलपत्र परेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग थालेकाे छ ।
एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) अध्यक्ष शेष घलेले नेपाल आउने तयारीमा विश्वकै विभिन्न विमानस्थलमा अलपत्र परेका नेपालीहरुलाई एयरपोर्टमै पुगी सहयोगमा जुट्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समिति शाखाहरुलाई अनुरोध गरेपछि सहयाेग सहयाेग शुरू भएकाे हाे ।
मलेसिया, थाइल्याण्ड, हङकङ, दोहा, साउदी अरव लगायतका एयरपोर्टमा अलपत्र परेका नेपालीहरुलाई खर्च र बसोबासको समस्या देखिने थालेको भन्दै घलेले एनआरएन राष्ट्रिय समन्वय समिति शाखाहरुलाई सहयोगमा जुट्न आग्रह गरेका थिए ।
काठमाडाैमा बनाउन लागिएकाे एनअारएनकाे केन्द्रीय भवनकाे शिलान्यासकाे शिलशिलामा नेपाल अाउन लागेका एनअारएन पदाधिकारीहरू नै विभिन्न देशकाे एयरपाेर्टहरूमा राेकिएका छन् । एनअारएन अध्यक्षले मातहतका शाखा सदस्यहरूलार्इ सहयाेगमा जुट्न अाह्वान गरेपछि विभिन्न देशमा राेकिएका एनअारएन अार्इसीसी पदाधिकारीहरूकै सक्रियतामा सहयाेग थालिएकाे छ ।
बैंककमा अलपत्र परेका नेपालीलार्इ सहयाेग
एनअारएन अार्इसीसी अध्यक्ष घलेकै सक्रियतामा बैंककमा अलपत्र नेपालीहरूलार्इ सहयाेगकाे पहल सुरू भएकाे छ । वैंककस्थित नेपाली दूतावास र गैरअावासीय नेपाली संघ (एनअारएन)काे समन्वयमा शनिवार ३० जना नेपालीहरूलार्इ खाना खुवाउने काम गरिएकाे छ ।
‘एम्बेस्सीकाे पहल र हाम्राे सीमित स्राेत साधनबाट एयरपाेर्टमा राेकिएका नेपालीहरूकाे सहयाेग गर्ने प्रयास गरिएकाे हाे’, घलेले भने, ‘अन्य एयरपाेर्टमा अलपत्र परेकाहरूलार्इ पनि सहयाेग एनआरएन राष्ट्रिय समन्वय समिति शाखाहरुलाई सहयोगमा जुट्न आग्रह गरिएकाे छ ।’
नेपाल आउने तयारीमा रहेका एनआरएन अध्यक्ष घले आफै बैंकक एयरपोर्टमै रोकिएका छन् । उनले बैंकक एयरपोर्टमा अलपत्र परेका नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउन पनि फेसबुकमार्फत अपिल गरेका थिए ।
मलेसियामा पनि एनअारएन सहयाेगमा जुट्याे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुँदा सवै भन्दा बढी मलेसियामा नेपालीहरू अलपत्र परेका छन् । चारदिनदेखि नेपाल अाउने उडान नभएपछि राेकिएका नेपालीहरू अार्थिक संकटका कारण भाेकै बस्नु परेकाे छ । मलेसियामा अलपत्र परेका नेपालीहरूलार्इ पनि एनअारएन अार्इसीसी सचिव रञ्जु थापाकाे सक्रियतामा सहयाेग थालिएकाे छ । नेपाल अाउन लाग्दा रञ्जु थापा पनि मलेसियामै राेकिएकाे एनअारएनले जनाएकाे छ ।
एनआरएन भवन शिलान्यास कार्यक्रम प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुँदा विश्वका विभिन्न ठाउँमा रहेका एनआरएन नेताहरु नै नेपाल आउन नसकेपछि काठमाडौमा बन्न लागेको एनआरएन भवन सिलान्यासको कार्यक्रम प्रभावित हुने भएको छ ।
आगामी सोमवार एनआरएन भवन सिलान्यासको कार्यक्रम तय गरिएको छ । भवन सिलान्यास कार्यक्रमकै लागि नेपाल आउने तयारीमा रहेका एनआरएन आईसीसी अध्यक्ष घलेसहितका पदाधिकारीहरु विदेशका विभिन्न विमानस्थलमा रोकिएका छन् ।
यस्तै, एनआरएन पूर्व अध्यक्ष जिवा लामिछाने र वर्तमान महासचिव कुमार पन्त दिल्लीमा रोकिएका छन् भने सचिव रन्जु थापा मलेसियाको विमानस्थलमा रोकिएका छन् ।
बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको टर्किस एयरलाईन्सको जहाजलाई धावनमार्गबाट हटाउने प्रयास भइरहेको छ । विमानस्थल चारदिनदेखि अवरुद्ध हुँदा देश विदेशका हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
प्रतिक्रिया 4