+
+

७ वर्षदेखि खाना नखाएकी महिला, जसले अब जिन्दगीभर खानेछैनन्

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २७ गते ९:२०

no eating

७ वर्षदेखि खानेकुरा नखाएर कुनै मानिस बाँच्न सक्ला ? सक्दैन । तर एकजना महिला भने ७ वर्षदेखि नखाइकन बाँचेकी छिन् र अब जिन्दगीभर उनले खानेकुरा खानैछैनिन् ।
बेलायतको बोल्टनमा रहेकी २५ वर्षकी निकोला निकोल्स नामकी महिलाले सन् २००८ देखि खानेकुरा खाएकै छैनिन् ।

सामान्य रुघाखोकीको समस्याले उग्र रुप लिएर पाचन प्रक्रियामा पक्षाघात भएपछि यी महिलाले कुनैपनि खानेकुरा खान नसक्ने भएकी हुन् । दिनमा झण्डै ५० चोटी बान्ता गर्ने र पेटमा कुनै खानेकुरा नअड्ने समस्या भएपछि उनले ७ वर्षदेखि खानेकुरा खान छाडेकी छिन् ।

सुरुमा डाक्टरहरुले उनमा इटिङ डिसअर्डर भनिने वंशाणुगत रोग भएको शंका गरेपछि पछि परीक्षण गर्दा उनमा ग्यास्ट्रोप्यारेसिस अर्थात् पेट र आन्द्राको प्यारालाइसिस भएको पाइयो ।

no-eating-3
यो रोगले पेटका मांशपेशीहरुमा पक्षाघात बनाउछ र पेटमा कुनै खानेकुरा अड्न सक्दैन ।

मुखबाट कुनैपनि खानेकुरा खान नभएपछि उनलाई सुइमार्फत सिधै आवश्यक पोषक तत्व तथा ग्लुकोज दिने गरिएको छ ।

दुइ सन्तानकी आमा निकोला आफ्नो बिमारीका बाबजुत दुइ सन्तान पैदा गर्न सक्नु चमत्कार भएको र आफु आफ्ना सन्तानका कारण खुसी रहेको बताउँछिन् ।
सुइबाट दिइने पोषणयुक्त पदार्थ तथा ग्लुकोजले उनको कपाल र्झन थालेको छ । जसका कारण उनको पूरै तालु खुइलिएको छ र अरु भाग पनि मुडुलो बन्दैछ । उनको जिउ पनि निकै दुब्लो छ ।

no eating 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?