+
+

प्रभु बैंकले सुरु गर्‍यो ‘प्रिभिलेज बैंकिङ’ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १५:२८

१० चैत, काठमाडौं । प्रभु बैंकले प्रिभिलेज बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत निश्चित मापदण्ड पुरा गरेका ग्राहकहरुलाई प्रिभिलेज कार्ड जारी गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

prabhu-bank-limitedप्रिभिलेज कार्ड लिने ग्राहकहरुलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अत्याधुनिक सुविधायूक्त छुट्टै प्रिभिलेज काउन्टरको व्यवस्था गरिएको छ ।

त्यस्तै, अन्य शाखा कार्यालयमा प्रबन्धक तथा शाखा प्रबन्धक मार्फत प्रिभिलेज बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रिभिलेज बैंकिङ सेवा पाउने ग्राहकहरुलाई कारोबारको सिलसिलामा आइपर्ने कुनै पनि समस्या तथा जटिलताहरु तत्काल समधान गरिदिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले उपलब्ध गराउने सेवा सुविधाको जानकारी सम्बन्धित ग्राहकको इमेलमा पठाउने, सेवा शुल्क तथा लकर शुल्कमा छुट, जुनसुकै बैंकिङ सेवाका लागि पहिलो प्राथमिकता दिने लगायतका सुविधाहरु पनि उपलब्ध गराइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?