+
+

डा. केसीले जूस पिएर तोडे अनसन (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १९ गते १६:१५

govinda-kc
१९ चैत, काठमाडौं । डा. गोविन्द केसीले जूस पिएर अनसन तोडेका छन् । उनलाई शिक्षण अस्पताल बाहिर जुत्ता सिलाउने काम गर्दै आएका सप्तरीका ४३ वर्षीय सत्यनारायण राम र धादिङ ठूलखर्कका १० वर्षीय सुवाद अधिकारीले जूस पिलाएका थिए ।

सुवादलाई डा. केसीले चेकअप गर्दै आएका थिए ।

अनसन तोडेपछि सम्वोधन गर्दै डा. केसीले आफूलाई अनशनमा साथ दिने सबैलाई धन्यवाद दिए । स्वास्थ्य क्षेत्रको विकृति विरुद्धको आन्दोलन आफ्नोमात्र नभइ ३ करोड नेपालीको भएको उनले बताए ।

govinda-kc-2

सरकारसँग ११ बुँदे सहमति भएपछि डा. केसी अनशन बसेको १२ औं दिनमा अनशन तोड्न राजी भएका हुन् । चिकित्सा क्षेत्र सुधारको माग गर्दै केसी अनसन बसेका थिए ।

govinda-kc-4

हेर्नुहोस् सहमति पत्र-

Agreement-with-Dr.-Gobinda KC 1Agreement-with-Dr.-Gobinda-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?