+
+

दुनियामा यसरी मनाइयो सिरानी युद्ध दिवस (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २३ गते ९:२०

sarani-6

यो जगतका मान्छेले रमाइलो गर्नका लागि विभिन्न निहुँ झिक्छन् । यही मेसोमा सिरानीले हानाहान गर्ने दिवस आयोजना गर्ने गरिएको छ । हरेक वर्ष अप्रिल ४ का दिन विश्वका विभिन्न देशमा सिरानी युद्ध दिवस आयोजना हुने गर्छ । सो अवसरमा विश्वका मुख्य सहरहरुमा युवायुवतीहरु एक आपसमा कपासका सिरानी तथा कपासले एक अर्कालाई हिर्काएर रमाइलो गर्छन् ।

यो वर्ष पनि गत शनिबार सिरानी युद्ध दिवस मनाइयो । बेलायतको लण्डनमा त्राफाल्गर स्क्वायरमा युवायुवतीहरुले एक अर्कालाई हिर्काएको कपासको सडकमा ठूलै थुप्रो बन्यो ।
sarani-1
त्यस्तै अमेरिकाको न्युयोर्कस्थित वासिंटन स्क्वायर पार्कमा समेत सयौँ युवायुवतीहरु सिरानी युद्धमा सहभागी भए ।

क्यानडाको टोरन्टो, हंगेरीको बुढापेष्ट, हंगकंग, जर्मनीको बर्लिन, अस्टि्रयाको भियना, फ्रान्सको पेरिस र रोमानिया लगायतका देशमासमेत सिरानी युद्ध धुमधामसँग मनाइयो ।

जनावर अधिकारकर्मीहरु भने सिरानी युद्धमा जिउँदा चल्लाको प्वाँख थुतेर समेत हानाहान गर्ने गरिएको भन्दै यो दिवसको विरोध गर्छन् । हेरौँ सिरानी युद्धका केही झलकहरु

sarani-2

sarani-3

sarani-4

sarani-5

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?