+
+

स्नातक तेस्रो वर्षको परीक्षा जेठ १४ देखि (तालिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २३ गते ८:५५

२३ चैत, काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्नातक तेस्रो वर्षको परीक्षा आगामी जेठ १४ गतेदेखि सञ्चालन हुने भएको छ ।

त्रिभुवन विश्व विद्यालयले एक सार्वजनिक सूचना जारी गरी परीक्षा तालिका प्रकाशित गरेको छ ।  २०६७ देखि २०७१ सम्मका आंशिक र २०७२ सालमा पहिलो पटक परीक्षा दिने नियमित तथा प्राईभेट परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार शिक्षा, मानविकी, कानुन, विज्ञान तथा प्रविधिको परीक्षा बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ भने व्यवस्थापन विषयको परीक्षा भने दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

स्नातक तेस्रो वर्षको परीक्षा तालिका (पूरा रूटिन हेर्न तस्वीरमा डब्बल क्लिक गर्नुहोला)

Ba-third

त्यस्तै प्रविणता प्रमाणपत्र तह द्वितीय वर्ष (आशिंक तर्फका) विद्यार्थीको परीक्षा पनि आगामी जेठ १४ गतेदेखि नै सञ्चालन हुनेछ । परीक्षा दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।

प्रविणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा तालिका

Pcl-rutin

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?