+
+

हिरोइन छान्न अमिर खानले २१ हजार युवतीको परीक्षा लिए

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २५ गते ९:०५

amir-khanमुम्बई । भिन्न बिषयवस्तुमा निपूर्ण फिल्म बनाउने अमिर खान फिल्मका लागि यति धेरै मेहेनत गर्छन कि अन्य प्रतिस्पर्धीहरु त्यसमा फिक्का ठहरिन्छन् ।

नयाँ फिल्म ‘दंगल’ बनाउने तयारीमा रहेका अमिर यतिबेला आफ्नो जिउलाई पहलमानको जस्तो बनाइरहेका छन् । त्यतिमात्र हैन, उनी देशभरीका युवती भेला पारेर धमाधम अडिसनसमेत लिइरहेका छन् ।

हिरोइन छान्न अरु निर्माता निर्देकले बढिमा एक दुई दर्जन युवतीको अडिसन लिन्छन र त्यसमध्ये राम्रो सम्भावना बोकेका युवतीलाई हिरोइनका रुपमा ब्रेक दिन्छन् । तर, अमिरले एक दुई दर्जन वा एक दुई सय हैन, पुरै २१ हजार युवतीको अडिसन लिइसकेका छन् र यो क्रम अझै जारी छ ।

फिल्ममा पहलमानका चार छोरीको भूमिका छ, जसका लागि उनले यति ठूलो संख्यामा युवतीहरुको अडिसन लिएका छन् । उनले यस्तो फ्रेस फेसको खोजी गरिरहेका छन् जो यसअघि कहिल्यै पनि पर्दामा नदेखिएको होस् ।

फिल्म निर्माण संस्थाले विभिन्न शहरमा गएर विभिन्न परिवेशमा हुर्केका युवतिको अडिसन लिएको छ । हरियाणा, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश लगायत अन्य विभिन्न शहरमा पुगेर अमिरले युवतीको परिक्षा लिइसकेका छन् ।

तर, अझै पनि चार जना हिरोइन छान्ने काम पुरा भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?