+
+

करिश्माको काम हेर्न तीज कुर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २७ गते ९:२८

karishma-new

काठमाडौं । अभिनेतृ करिष्मा मानन्धरले १२ वर्षपछि बनाएको फिल्म ‘फागु: द कलर अफ लाईफ’ को रिलिज तीजको छेको पारेर गरिने भएको छ । आउँदो भदौ २५ गते फिल्म रिलिज गर्ने योजना रहेको निर्देशक सम्झना रौनियारले जानकारी दिइन् ।

पछिल्लो केही वर्ष यता तीज फिल्मको ब्यापार राम्रो हुने मौसमको रुपमा चिनिदै आएको छ । तीज छेकोमा फिल्म रिलिज गर्न निर्माताहरुले तँछाड मछाड गर्ने गरेका छन् ।

शिल्पा पोखरेल, सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, लगायतका कलाकारको अभिनय रहेको यो फिल्म फागुसँग सम्बन्धित छ ।

१२ वर्षअघि ‘बाबुसाहेब’ बनाएर ब्यापारिक असफलता भोगेकी करिष्माले यसपटक प्रदर्शनमा विषेश ध्यान दिने योजना बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?