+
+

योग गुरु रामदेव काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १० गते १७:००

१० वैशाख, काठमाडौं । योग गुरु रामदेव विहीबार काठमाडौं आएका छन् । शुक्रबारदेखि टुँडीखेलमा हुने योग शिविरमा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।

Baba Ramdevशुक्रबार विहान पौने ५ बजे राष्ट्रपति डा. रामवरण यादवले योग शिविर उदघाटन गर्ने कार्यक्रम छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै रामदेवले योगमार्फत् नेपाल-भारतको सम्वन्ध थप मजबुत हुने बताए ।

नेपालमा रहँदासम्म उनको बसाइ मण्डिखाटारस्थित आश्रममा हुनेछ । रामदेव शनिबार हुने वागमती नदी सरसफाइ अभियानमा सहभागी हुनेछन् ।

पाँच पटक नेपाल आइसकेका रामदेव धुलिखेल, वीरगञ्ज, जनकपुरलगायतका स्थानमा जाने कार्यक्रम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?