१० वैशाख, काठमाडौं । योग गुरु रामदेव विहीबार काठमाडौं आएका छन् । शुक्रबारदेखि टुँडीखेलमा हुने योग शिविरमा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।
शुक्रबार विहान पौने ५ बजे राष्ट्रपति डा. रामवरण यादवले योग शिविर उदघाटन गर्ने कार्यक्रम छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै रामदेवले योगमार्फत् नेपाल-भारतको सम्वन्ध थप मजबुत हुने बताए ।
नेपालमा रहँदासम्म उनको बसाइ मण्डिखाटारस्थित आश्रममा हुनेछ । रामदेव शनिबार हुने वागमती नदी सरसफाइ अभियानमा सहभागी हुनेछन् ।
पाँच पटक नेपाल आइसकेका रामदेव धुलिखेल, वीरगञ्ज, जनकपुरलगायतका स्थानमा जाने कार्यक्रम पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4