+
+

विद्युतको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु

१९ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना भएको छ । अनलाइनखबरकर्मी दिनेश थापाका अनुसार हेलिकोप्टर बलेफी नजिक यमुनाडाँडामा खसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १९ गते १८:५५

Maountail-Helicopter-Crash

दिनेश थापा

१९ जेठ, सिन्धुपाल्चोक । भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्‍याउन परिचालित माउन्टेन एयरको हेलिकोप्टर मंगलबार दिउँसो सिन्धुपाल्चोकको यमुनाडाँडामा दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हेलिकोप्टर चालक भक्तपुर मध्यपुरथिमी १५ का सुबेग श्रेष्ठ, भूकम्प पीडितको उपचारका लागि खटिएका डा. संदीप महत, शेरबहादुर कार्की र डच महिलाको मृत्यु भएको हो । 9 N-AJP हेलिकोप्टरमा स्वास्थ्यकर्मीको टोली र औषधिहरु थिए ।

Maountail-Helicopter-Crash-2

गुम्बा गाविसको तेम्बाथानबाट काठमाडौं फर्किँदै गरेको हेलिकोप्टर १३२ केभीए प्रसारण लाइनको हाइटेन्सन तारमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बिजुलीको तारमा ठोक्किएपछि हेलिकोप्टरमा आगो लागेको थियो ।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा पर्ने गुम्बा गाविसको तेम्बाथानमा राहत तथा स्वास्थ्य सेवा प्रदान गरेर फर्किएको टिम दुर्घटनामा परेको स्थानीय प्रशासनले जनाएको छ ।

भूकम्पबाट सबैभन्दा बढी क्षति भएको र अधिकांश बस्ती नै सिद्धिएको गुम्बा गाविसबाट फर्किएको हेलिकोप्टरले काठमाडौं विमानस्थलमा अन्तिमपटक २ बजेर ३७ मिनेटमा सम्पर्क गरेको थियो । त्यसपछि सम्पर्कविहीन भएको हेलिकोप्टर बलेफी पारि यमुनाडाँडा गाविसको शीला पर्वतमा खसेको थियो ।

निकै होचो दूरीबाट उडिरहेको हेलिकोप्टर एक्कासी खिम्ती र भोटेकोशी जलविद्युत आयोजनाको केन्द्रीय प्रसारण लाइनमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । हेलिकोप्टर खसेपछि धुावा र धूलो उड्नासाथ स्थानीय बासिन्दा भूकम्प र पहिरो आयो भन्दै भागाभाग गरेका प्रत्यक्षदर्शी एमाले नेता अरुण नेपालले जानकारी दिए । दुर्घटनास्थल सिन्धुपाल्चोको बलेफीको पारिपट्टी पर्छ ।

Heli-Crash-in-Sindhupalchok-Balefi

सशस्त्र प्रहरीले उपलब्ध गराएका केही तस्वीरहरू हेर्नुस्

Maountail-Helicopter-Crash-4

Maountail-Helicopter-Crash-5

Hellicopter accident (4)

Hellicopter accident (3)

यो पनि पढ्नुस्

बलेफीको पुलमा हेलिकोप्टर दुर्घटनाको साक्षी बन्दा

तेम्बाथानबाट फर्किँदै थियो माउन्टेन एयरको हेलिकोप्टर

हेलिकोप्टर खस्दाका प्रत्यक्षदर्शी के भन्छन् ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?