+
+

हेलिकोप्टर खस्दाका प्रत्यक्षदर्शी के भन्छन् ?

१९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको यमुनाडाँडास्थित शीला पर्वतमा दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सवार चालक सहित चारै जनाको मृत्यु पुष्टि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १९ गते १८:०३

Maountail-Helicopter-Crash

  • दुर्घटनास्थलमा जलेको हेलिकोप्टरको अवशेष

दिनेश थापा

१९ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको यमुनाडाँडास्थित शीला पर्वतमा दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सवार चालक सहित चारै जनाको मृत्यु पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भक्तपुरको मध्यपुर थिमी घर भएका पाइलट सुबेग श्रेष्ठ, डा. सन्दीप महत , शेरबहादुर कार्कीसहित एक जना डच महिलाको मृत्यु भएको छ ।

हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी एमाले पोलिटव्यूरो सदस्य अरुण नेपालका अनुसार तातोपानी क्षेत्र हुँदै तल तल उड्दै आएको हेलिकोप्टर शीला पर्वत नजिकबाट खसेको थियो ।

Maountail-Helicopter-Crash-2

  • दुर्घटनास्थलमा जलेको हेलिकोप्टरको अवशेष

खिम्ती र भोटेकोशीको केन्द्रीय प्रसारण लाइनसँग ठोक्किएपछि धुवाको मुस्लो निकाल्दै हेलिकोप्टर जंगलमा खसेको एमाले नेता नेपालले बताए ।

हेलिकोप्टर खसेपछि धुँवा र धूलो उड्नासाथ स्थानीय बासिन्दा भूकम्प र पहिरो आयो भन्दै भागाभाग गरेका थिए । दुर्घटनास्थल सिन्धुपाल्चोकको बलेफीको पारिपट्टी पर्छ ।

माउन्टेन एयरका अनुसार हेलिकोप्टरमा मेडिकल टीम थियो । विहान छोडेर आएको मेडिकल टीम लिएर आउने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?