+
+

बलेफीको पुलमा हेलिकोप्टर दुर्घटनाको साक्षी बन्दा

भूकम्पले सर्बाधिक बिनास मच्चाएको सिन्धुपाल्चोकको बासिन्दा भएको कारण र म मैले आफ्नै आमा समेत यहि भूकम्पमा गुमाएका कारण पछिल्लो समय प्रायः जिल्लातिरै हुन्छु । सोमवार काठमाडौंबाट केही योजना बनाएर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का एमालेका क्षेत्रीय अध्यक्ष प्रेम लामासँगै कारमा चौतारा जादै थिएँ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १९ गते १८:४८

अरुण नेपाल, पोलिटव्युरो सदस्य, नेकपा एमाले

भूकम्पले सर्बाधिक बिनास मच्चाएको सिन्धुपाल्चोकको बासिन्दा भएको कारण र म मैले आफ्नै आमा समेत यहि भूकम्पमा गुमाएका कारण पछिल्लो समय प्रायः जिल्लातिरै हुन्छु । सोमवार काठमाडौंबाट केही योजना बनाएर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का एमालेका क्षेत्रीय अध्यक्ष प्रेम लामासँगै कारमा चौतारा जादै थिएँ।

Arun-Nepalहाम्रो कार बलेफी बजारमा पुग्दा त्यस्तै ३ बजेर ४० मिनेट गएको थियो । बलेफी खोलाको पुलको मध्यमागमा हाम्रो कार पुग्दा एक्कासी बिजुलीको तारमा कसैले हानेको आवाज सुनियो । त्यस लगत्तै बजारका मान्छेहरु भागभाग गर्न थाले । पहिरो आएछ र मान्छेहरु भाग्न थाले भनेर हामीले हतार हतार गाडी रोक्यौं । गाडी रोक्दासम्म भोटेकोशी पारि भित्तामा हेलिकोप्टर ढुन्मुनिदै खसेको देखियो । शुरुमा सानो आगोको मुस्लो देखियो ।

एकैछिनमा शीला पर्वतको जंगलमा आगो लाग्यो । भोटेकोशी र खिम्ती आयोजनाको केन्द्रीय प्रसारण लाइनको तारमा हेलिकोप्टर ठोक्किएको रहेछ ।  म तुरुन्तै बलेफी प्रहरी चौकीमा गएर हेरेँ । गृहमन्त्री बामदेव गौतमको फोन लागेन । प्रवक्ता लक्ष्मीप्रसाद ढकालको फोन स्वीच अफ रहेछ ।

त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर जानकारी दिएपछि स्थानीय साथीहरुलाई उद्दारमा लगाएा । त्यतिबेलासम्म हेलिकोप्टरमा सवार सबैको मृत्यु भइसकेको रहेछ । यति तलबाट त्यो हेलिकोप्टर कसरी आयो ? तारमा छुने गरी हेलिकोप्टर उडेको कुरा रहस्यमय छ ।

यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?