+
+

११ बुँदे सहमतिपछि घोराही सिमेन्ट उद्योगको ताला खुल्यो

३२ जेठ, घोराही । दाङको गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग र सिमे न्ट उद्यो ग प्रभावित क्षेत्र वातावरण संर क्षण तथा सरो कार  समितिबीच ११ बुँदे सहमति भएपछि उद्योगको मूल गेटमा लगाइएको ताला खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३२ गते १३:०२

Ghorahi-Cement-Industry-2

निमुसंगम घर्ती
३२ जेठ, घोराही । दाङको गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग र सिमे न्ट उद्यो ग प्रभावित क्षेत्र वातावरण संर क्षण तथा सरो कार  समितिबीच ११ बुँदे सहमति भएपछि उद्योगको मूल गेटमा लगाइएको ताला खुलेको छ ।

समस्या समाधानको लागि दाङ जिल्ला उद्योग वाणिज्य संघको मध्यस्थतामा उद्योग र प्रभावित क्षेत्रका प्रतिनिधिहरुबीच भएको वार्तामा एक महिना भित्र ध्वनी मापनयन्त्र जडान गर्ने लगायतका सहमति भएको छ ।

यसैगरी वार्तामा उद्योगबाट हुने प्रदुषण तथा स्थानीयस्तरमा उठ्ने अन्य समस्याका बिषयमा मासिक छड्के अनुगमन गर्नका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघ संयोजक रहेको अनुगमन समिति गठन गर्ने सहमति भएको छ ।

अनुगमन समितिको सदस्यमा लक्ष्मीपुर गाबिसको कार्यालय, सिमे न्ट उद्यो ग प्रभावित क्षे त्र वातावर ण संर क्षण तथा सरो कार समितिका ३ जना प्रतिनिधि छन् ।

यसैगरी गाविसमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, उच्च माबि डाडाँगाउँ गोग्लीको प्रतिनिधि र स्वास्थ्य चौकी गोग्लीको एक जना प्रतिनिधि पनि अनुगमन समितिमा छन् ।

एक महिना भित्र ध्वनी मापनयन्त्र जडान गर्नुपर्ने, सिमेन्ट उद्योगको चिम्नी र अन्य उपकरणहरुबाट निस्कीरहेको धुलो सिमेन्ट उद्योग क्षेत्र भित्रै खस्ने व्यवस्था मिलाउने, स्थानिय बिकासको सवालमा गाबिससँग छलफल गरी बार्षिकरुपमा एकमुस्ठ रकम गाबिसमा उपलब्ध गराउने, प्रभावित क्षेत्रको वातावरण संरक्षण तथा विकासमा खर्च गर्नुपर्ने तथा योजनाहरु छनौट गर्दा उद्योग र समितिलाई सहभागि गराउनु पर्ने सहमति भएको छ ।

धुलो, धुवा र ध्वनी प्रदुषण रोक्नु पर्ने र उद्योग स्थापना गर्दा गरेका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने माग गर्दै उद्योग क्षेत्रका नागरिकहरुले सोमबार तालाबन्दी गरेका थिए । उनीहरु बिभिन्न माग राख्दै गत जेठ २३ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

सहमति पत्रमा उद्योग प्रतिनिधिबाट बिकास शर्मा र अमर सुबेदी तथा उद्योग प्रभावित क्षेत्रबाट भरतराज देवकोटा, तेजप्रसाद पोख्रेल, नमराज अधिकारी, मोहनलाल पुन, भिमबहादुर पुन र बसन्त घिमिरेले हस्ताक्षर गरेका छन् ।

वार्ता हुनु अघि करिब ३ हजार जना प्रभावित क्षेत्रका नागरिकहरुले नाराबाजी गर्दै घोराही सिमेन्ट उद्योगको मुख्य गेटमा तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?