+
+

अर्जुन रामपाल पनि डिभोर्सको बाटोमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ४ गते १७:१४

arjun-with-his-wife
बलिउडमा लामो समयदेखि एकसाथ बस्दै आएका कलाकारका जोडी धमाधम सम्बन्ध बिच्छेद गर्दैछन् । नायक ऋतिक रोशनले पत्नी सुजनसँग सम्बन्ध विच्छेद गरिसकेका छन् । यसको कारण नायक अर्जुन रामपाल रहेको बताइन्छ । तर, अर्जुनले यो कुरा स्विकार गरेका छैनन् ।

ऋतिकको चर्चा सेलाउन नपाउँदै अब नायक अर्जुन रामपाल पनि श्रीमतीसँग अलग हुन लागेको खबर भारतीय चर्चित पत्रिका ‘मुम्बई मिरर’ले छापेको छ । अर्जुनकी श्रीमती मेहर अहिले वकिल मृणालिनीको सम्पर्कमा छिन् । उनी अर्जुनसँग डिभोर्सको बारेमा छलफलमा रहेको पत्रिकाले जनाएको छ ।

यो जोडीले आपसी सहमतीमा डिभोर्स गर्न सक्ने संभावना रहेको पत्रिकाले उल्लेख गरेको छ । अर्जुनले सन् १९९९ मा पूर्व मिस वल्र्ड एवं मोडल मेहर जेसियासँग बिबाह गरेका थिए । उनीहरुको २ छोरी छन् ।

अर्जुनले आफू र मेहरको सम्बन्ध अलग हुन लागेको हल्लालाई खण्डन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । तर, ऋतिक पत्नी सुजनसँग नजिक भएपछि अर्जुन र मेहरको सम्बन्धमा दरार आएको खबर मिडियामा कुनै समय चर्चित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?