काठमाडौंको चम्पादेवि शिखर
६ असार, काठमाडौं । कवि लेखनाथ पौड्यालले ‘ऋतुविचार’ त्यसै लेखेका होइनन् । ऋतु परिवर्तनसँगै धर्तीले पनि रुप फेर्दिरहिछन्, कुनै सुन्दरीले वस्त्र परिवर्तन गरेझैं ।
असारको पहिलो सातासँगै मनसुन सुरु भएको छ । र, मनसुनसँगै धर्ती नयाँ परिधानमा सजिन थालेकी छिन् । प्रकृति सुन्दर र मनोरम प्रतीत हुन थालेको छ । सुख्खा डाँडाकाँडाहरु सरस बन्दैछन् ।
घर-गोठहरु भूकम्पसँगै भत्किएकाले यसपालिको मनसुन कतै विपति बनेर आउने हो कि भन्ने डर पनि छ मानिसहरुमा । तर, प्रकृतिको यो नियमलाई कसैले रोक्न सक्दैन । प्रकृतिको नियमलाई बुझ्न र सो अनुसार व्यवहार गर्न सके यो बरदान हुन्छ, प्रकृतिअनुसार चल्न नसके यो अभिशाप हुन्छ ।
असार लागेसँगै खेतका गह्रा-गह्रामा असारे भाका घन्कन थालिसकेका छन् । नीलो आकाशमा सेता अनि काला बादलहरु मडारिन थालेका छन् । त्रिपालको छाप्रोबाट निस्केर फाँटका आलीआलीमा कोदाली बोकेर हिलोमा बाउसे खेल्न किसान अभ्यस्त हुँदैछन् ।
काठमाडौंको छैमले र ललितपुरको देविचौर
यो मनसुनमा नीलो आकाशमा बादलले राज्य जमाउँदैछ । अनि बेसीका टार खेतदेखि लेकका चुचुरासम्म चारैतिर हरियाली नै हरियाली छाउँदैछ । पहाडका कुना-कन्दराबाट मूल फुट्दैछन् अनि पहाड हरियालीसँगै सुसाउन थालेको छ ।
यो मनसुनलाई कसले भनसुन गरिदेला ? प्रकृतिको यो सुन्दरता सुन्दरतामै सीमित होस्, यसले विपतिलाई निम्तो नदेओस् ।
मकवानपुरको चित्लाङ्गस्थित भेडीगोठ क्षेत्र
गोरखाको मनकामना मन्दिर नजिकै केवुलकारबाट देखिएको फाँट
ललितपुर नल्लुबाट देखिएको राजधानी
मकवानपुरको इन्द्रसरोवर








प्रतिक्रिया 4