+
+

संविधानमा के चाहनुहुन्छ ? यसरी सुझाव दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २४ गते २१:१४

sambhidan masauda

२४ असार, काठमाडौं । नेपालको नयाँ संविधानमा तपाई के चाहनुहुन्छ ? आफ्नो राय लिखित वा मौखिकरुपमा दिनुस् । विहीवारबाटै तपाईले यो सुबिधा पाउनुभएको छ ।

संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुक्रबारबाट शुरु गर्दैछ । तर, हरेक नेपाली जनताले आ-आफ्नो पायक पर्ने ठाउँ वा माध्यमबाट विहीबारै सुझाव पठाउन पाउनेछन् ।

विदेशमा रहेका नेपालीबाट समेत सुझाव लिने व्यवस्था गरिएको छ । विदेशस्थित दूतावास र सचिवालयको वेबसाइटबाट उनीहरुको सुझाव लिने व्यवस्था मिलाइएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए ।

सुझाव संकलनका लागि अन्तरक्रिया कार्यक्रम पनि गरिनेछन् । नेपाल पत्रकार महासंघ, बार एसोसिएनसहितका पेशागत संगठन र नागरिक समाजको तर्फबाट सुझाव संकलन गरिने छ ।

प्रत्येक निर्वाचन क्षेत्रका कम्तिमा दुई प्रमुख व्यापारिक केन्द्रमा सम्बन्धित क्षेत्रका सभासदसहित कर्मचारीहरु सुझाव संकलनका लागि आउँदैछन् । त्यसका लागि साउन ४ र ५ गते सार्वजनिक सुनुवाइ हुनेछ ।

नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाको विहिवारको बैठकले अनुमोदन गरेपछि जनमत संकलनको प्रक्रिया खुला भइसकेको छ ।

अन्तरक्रिया वा सार्वजनिक सुनुवाईमा सहभागी हुन नपाउनेले टेलिफोन, इमेल, फ्याक्स तथा संविधानसभाको आधिकारिक फेसबुक तथा ट्वीटरमा पनि सुझाव पठाउन सक्नेछन् । संविधानको प्रारम्भिक मस्यौदा पढ्न नपाएकाहरुले संविधानसभाको वेभसाइटमा गएर पढ्न सक्छन् ।

त्यस बाहेक जिल्ला जिल्लामा पठाउनका लागि मस्यौदाको २ लाख कपी प्रकाशित गरिएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विहीवार साँझै पत्रकार सम्मेलन मार्फत जनतालाई संविधानमा आफ्नो राय दिन अपील गर्नेछन् ।

इमेल मार्फत सुझाव पठाउन चाहनेले comt.crcs@gmail.com र nparl.international@can.gov.np इमेल ठेगानामा सुझाव पठाउन पाउनेछन् । 

यस्तो छ संविधानको मस्यौदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?