+
+

अस्थायी शिविरमा आफन्तबाटै यौन हिंसा

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १४ गते १७:२७

१४ साउन, काठमाडौं । विनाशकारी भूकम्पले घर भत्काएपछि खडा गरिएका अस्थायी शिविरमा महिलाहरु बलात्कार र यौन हिंसाको शिकार भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

Tudikhel shelter (40)अन्तर पार्टी महिला सन्जालले भक्तपुर जिल्लामा मात्र सात जना महिला तथा बालिका बलात्कृत भएको जनाएको छ । बलात्कारका सातमध्ये चार घटनाका अभियुक्त पक्राउ परिसकेका छन् ।

सन्जालले विहीवार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदनमा भूकम्प अति प्रभावित रामेछाप, सिन्धुपाल्चोक, धादिङ, दोलखा, नुवाकोट लगायतका जिल्लामा अस्थायी शिविरमा यौन हिंसा भएको उल्लेख छ ।

भूकम्प पछि महिला हिंसा बढेको दावी गर्दै सन्जालकी अध्यक्ष शशी श्रेष्ठले भनिन्, ‘अस्थायी शिविरमा नजिकका नातेदारबाटै बलात्कार र यौन हिंसाका घटना भएको पाइएको छ । शिविरमा बसेका महिला बेचबिखनमा समेत परेका छन् ।’ (यो पनि पढ्नुस् : वर्षेनी १२ हजार नेपाली चेली बेचिन्छन्)

प्रतिवेदनमा अस्थायी शिविरमा बस्दा कतिपय महिलाको गर्भपतन भएको र महिनावारी भएकाबेला खुला आकाशमुनि बस्न बाध्य भएकोसमेत उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?