+
+

दुई हट हिरोइनलाई चुम्दै सविन, सार्वजनिक कार्यक्रममै के भयो उनलाई ?(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २० गते १४:३५

sabin-kiss-surjan
राम्री यूवती देखेपछि पुरुषको मन चञ्चल हुनु त स्वभाविक नै हो । तर, मंगलबार आयोजित चलचित्र ‘सपना तिम्रो मेरो’को पत्रकार सम्मेलनमा भने नायक सविन श्रेष्ठले अचम्मकै व्यवहार देखाए ।

आफ्नो शरीर देखाउँदै क्यामेरा अगाडि उभिएका सविनले चलचित्रकी नव-नायिका जान्वी बोहराको हातमा चुम्बन गरे । उनीसँगै रहेका अर्का नायक सुशान्त कार्कीले पोज दिदै फोटो खिचाएपनि सविन भने जान्वीको हातमा चुम्दै प्रेम दर्शाइरहेका थिए ।

सविनले कार्यक्रम सुरु भएपछि भने शरीर छोपेर जिन्सको कोर्ट लगाए । कार्यक्रमको विचमा अर्की कलाकार सुरजनी केसी पनि आइपुगिन् । सुरजनी कार्यक्रममा केही हट भएर पुगेकी थिइन् । छोटो पहिरनमा पुगेकी सुरजनीले सबैको ध्यान खिचिन् । सायद, नेपाली चलचित्रमा प्ले ब्वाई नायकको रुपमा चिनिएका सविनको पनि ध्यान सुरजनीले खिचेको हुनसक्छ । sabin-kissed-janwi
कार्यक्रम सकिएपछि, फोटोग्राफरले सविन र सुरजनीको तस्बिर खिच्न खोजे । तर, सविनले सामान्य पोज मात्र दिएनन्, सुरजनीको गालामै चुम्बन गरिदिए । सविनको दुई नायिकासँगको यो प्रेम साट्ने तरिका हेर्नलायक नै थियो ।
sabin-and-janwiहुनत, सार्वजनिक कार्यक्रममा यस्तो गर्दा चर्चा पाइने आश सविनको हुनसक्छ । फेरि, चलचित्र चल्ने छेकोमा कलाकारले यस्तो व्यवहार देखाउनु सामान्य नै हो । तर, पनि सविनले दुई नायिकामध्ये एकलाई हातमा र अर्कीलाई गालामै चुम्बन गरेर लाइमलाइट बटुल्ने कोशिश गरे । sabin-kiss-surjani-hand

janwi-bohara

तस्बिर : आकाशजंग गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?