+
+

गिनिज बुकमा दर्ज ५ अनौठा किर्तिमान (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३१ गते १०:५६

विश्वमा मानिसहरुले को भन्दा को कम भन्दै एकपछि अर्को किर्तिमानी कायम गरिरहेका हुन्छन् अनि गिनिज बुकमा नाम दर्ज गराएका हुन्छन् । त्यस्ता किर्तिमान मध्ये केही यस्ता हुन्छन् की जुन सामान्य मानिसले जति बल गर्दा पनि सक्छु भन्ने हिम्मत नै गर्न सक्दैनन् । केही अनौठा विश्वकिर्तिमान यस्ता छन्-
apple-biceps
१. पाखुराले स्याउ फोर्ने
लिन्सी लिंडबर्गले सन् २०१४ मा आफ्नो पाखुराको बाइसेपको चेँपमा राखेर एक मिनेटमा १० वटा स्याउ फोरिन् । अमेरिकाकी बासिन्दा लिन्सीले इटालीमा भएको कार्यक्रममा यस्तो रेकर्ड कायम गरेकी थिइन् । एकवर्ष अघि उनले ८ वटा स्याउ तोडेकी थिइन् ।
tattoo
२. सबैभन्दा धेरै टाटू
न्युजिल्याण्डको अकल्याण्डका बासिन्दा ली वियर कार्टुनको पात्र द सिम्पसनको ठूलो फ्यान थिए । कार्टुनबाटै प्रभावित भएर उनले आफ्नो जिउमा ४१ टाटु बनाए । सोही कारण उनको नाम गिनिज बुकमा दर्ज भएको छ र उनको जिउको अधिकांस भाग टाटुले नै छोपेको छ ।
four-feet-man
३. हातखुट्टाले टेकेर दौडिनु
चार हातखुट्टाले टेकेर चौपायाजस्तो गरी दौडिने मामिलामा एक जापानीले किर्तिमानी राखेका छन् । जापानको टोक्योका केनिची इटोले १७.४७ सेकेण्डमा १ सय मिटर दूरी पार गर्दै किर्तिमान राखेका हुन् ।
dog-on-cycle
४. कुकुरले चलायो साइकल-
३ वर्षको एक फ्रेन्च शिप प्रजातिको कुकुरले साइकल चलाउने विषयमा विश्वकिर्तिमान राखेको छ । यो कुकुरले ३० सेकेण्डमा ९८ फिटको दूरी साइकल चलाएर पार गरेको छ ।
ball-on-tooth
५. ब्रसमा घुम्यो बास्केटबल
नेपालका थानेश्वर गुरागाइँले टुथब्रसमाथि बास्केटबल घुमाएर विश्वकिर्तिमान कायम राखेका छन् । २०१२ मा उनले आफ्नो दाँतमा ब्रस राखेर बाहिर ब्रसले २२.४१ सेकेण्डसम्म बास्केटबल घुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?