+
+

चार विश्वविद्यालयका उपकुलपति नियुक्तिमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते ११:१९
Tirtha-Khaniya
डा. तीर्थराज खनियाँ

६ भदौ, काठमाडौं । विभिन्न सातवटा विश्वविद्यालयका कुलपतिको नियुक्तिलाई लिएर कांग्रेसकै नेताहरुवीचमै विवाद भएको छ । उपकुलपति सिफारिस समितिले शनिबार प्रस्तुत गरेका नाममा कांग्रेसभित्र विवाद चर्किएको हो ।

शिक्षामन्त्री तथा त्रिवि सहकुलपति चित्रलेखा यादवको संयोजकत्वमा रहेको सिफारिस समितिले शनिबार त्रिविसहित चारवटा विश्व विद्यालयका उपकुलपतिको नाम सिफारिस गरेको छ । सो सिफारिसमा परेका नामभन्दा बाहिरबाट उपकुलपति बनाउने कि सिफारिसभित्रै बाट छान्ने भन्नेमा विवाद परेको बुझिएको छ ।

स्रोतका अनुसार सिफारिसमा परेका चार विश्व विद्यालयमध्ये त्रिविको उपकुलपतिमा वौद्धिक सम्पत्ति चोरीको अभियोग लागेका डा. तीर्थराज खनियाँ छानिने निश्चित भएको छ ।

त्यस्तै नेपाल संस्कृत विश्व विद्यालयमा प्रा. कुलप्रसाद कोइराला पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा. भुषण श्रेष्ठलाई उपकुलपति बनाउने लगभग पक्का भएको छ । यी सबै नेपाली कांग्रेसको कोटामा परेका हुन् ।

सिफारिसमा परेका नामबारे भएको विवादका सम्बन्धमा सोधिएको जिज्ञासामा प्रधानमन्त्रीका सल्लाहकार डा. बिजन पन्तले अनलाइनखबरसँग भने- ‘विश्वविद्यालयको उपकुलपति भनेको एकेडेमिक मात्रै भन्दा पनि गुड म्यानेजर हुनुपर्छ, त्यसैले सिफारिस समितिले सिफारिस गरेको नाम भन्दा बाहिरबाट पनि उपकुलपति छान्न पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

शिक्षामन्त्री एवं कांग्रेस नेतृ चित्रलेखा यादव र डा. पन्तवीच उपकुलपति नियुक्तिको विषयमा फरक मत देखिएको हो ।

सिफारिस समितिले ३/३ जनाको नाम सिफारिस गर्ने प्रावधान छ । तीमध्येबाट १ जना छान्ने कि बाहिरबाट छान्ने भन्नेमा कांग्रेस समर्थकवीचमै विवाद भएको हो । यद्यपि यो विवादका वीच नामहरु ‘फाइनल’ भइसकेको स्रोतले बतायो ।

एमालेले किन दिएन नाम ?

सात उपकुलपतिमध्ये यसअघि एमालेले ४ वटा लिएको थियो भन्दै कांग्रेसले आफ्नो कोटाबाट चार उपकुलपति दाबी गरेको हो । तर, कांग्रेसले चार उपकुलपति दाबी गरेकोमा एमाले नेताहरु आक्रोशित भएका छन् ।

स्रोतका अनुसार एमालेले पूर्वाञ्चल, कृषि, पोखरा र संस्कृत विश्व विद्यालयको उपकुलपति दाबी गरेको थियो । तर, कांग्रेसले संस्कृत र पूर्वाञ्चल खोसेको छ ।

स्रोतका अनुसार एमालेभित्र पनि माधव नेपाल र केपी ओली पक्षवीच हानाथाप भएकाले उपकुलपतिको नाम दिन नसकेको हो ।

यसैवीच कांग्रेसको कोटाबाट उपकुलपति बनाइएको विरोधमा एमाले कार्यकर्ताले विद्यार्थी संगठनको अगुवाइमा विश्वविद्यालयमा तालाबन्दी गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?