+
+

थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते १४:५३

Susil-koirala८ साउन, काठमाडौं । थारु सभासदहरुले कफ्र्यूका बीच टीकापुरमा थारु नेता तथा सार्वसाधारणको घरमा आगो लगाइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विभिन्न दलका थारु सभासदले बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई भेटेेका हुन् ।

थरुहट तराई पार्टीका सभासद गोपाल दहितले भने-‘हामीले कैलालीको कफ्र्यू थारुका लागि मात्र हो कि अरुका लागि पनि हो भनेर सोधेका छौं ।’

सभासदहरुले कफ्र्यू लागिरहेको समयमा अखण्ड सुदूरपश्चिम पक्षधरले थारु सभासद र सर्वसाधारणको घरमा आगो लगाएको आरोप लगाएका छन् ।

दहितले भने-आज मात्र १८ जनाको घरमा आगो लगाइएको छ । सबैलाई सुरक्षा दिनु राज्यको दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?