८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टीकापुर घथना नियोजित र बाहृय उक्साहटमा भएको आरोप लगाएका छन् ।
संविधानसभा भवन परिसर बानेश्वरमा पत्रकार सम्मेलन गरेर एमाले नेता रावलले टीकापुर घटनालाई राजनीतिक भन्न नसकिने बताए । उनले भने-थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काउने काम भएको छ ।’
थारुहरुको जायज माग सम्बोधन गर्न सकिने तर, हिंसा अस्वीकार्य भएको उनले बताएका छन् । अखण्ड सुदूपश्चिमको अडान लिँदै आएका रावलले भने-‘थारुको समानुपातिक राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न कुनै आपत्ति छैन ।’
कैलालीलाई थारु बाहुल्य प्रदेशमा राख्नुपर्ने थारु मागबारे साधिएको प्रश्नमा एमाले उपाध्यक्ष रावलले भने-‘थारु बस्ती रहेको नवपरासीदेखि बर्दियासम्म प्रदेश बनेकै छ, कैलाली कन्चनपूरका थारुले त्यो मागेका छैनन् ।’
सुदूरपश्चिमका १४ जना एमाले सभासदलाई साथमा राखेर पत्रकार सम्मेलन गरेका रावलले राज्य प्रणाली जात र नश्लका आधारमा नभई सिद्धान्तका आधारमा चलने बताए ।
पत्रकार सम्मेलनमा कैलालीकी एमाले थारु सभासद रबनी चौधरी सहभागी भए पनि कन्चनपूरका थारु सभासद कृपाराम राना भने सहभागी थिएनन् ।
यो पनि पढ्नुस्
टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन
थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने
टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ
वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?
गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति
माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो
टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?
थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति
कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?
टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह
कैलालीका सिडियो फिर्ता बोलाइए
भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए
थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?
टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ
सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए
प्रतिक्रिया 4