८ भदौ, काठमाडौं । सरकारले कैलालीको टीकापुरमा भएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्माको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा एआईजी जीवन थापा र प्रताप थापा, राष्ट्रिय अनुसन्धान विभागका गणेश अधिकार र गहृ मन्त्रालयका सहसचिव विनोद केसी छन् ।
मन्त्रिपरिषद् बैठकले घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीको उच्च मूल्यांकन गर्दै मरणोप्रान्त एक तह बढुवा गरी सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले बताए ।
थारू समुदायको आन्दोलनका क्रममा सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक दुई वर्षे बालकको मृत्यु भएको थियो ।
बैठकले कैलाली टीकापुर घटना अमानवीय भएको भन्दै कानून विपरित जानेलाई कानुनी दायरमा ल्याउने निर्णय गरेको छ ।
साथै संयमता अपनाउन सबैलाई अपील गरेको छ । सञ्चार गृहलाई पनि संयमता अपनाउन भनिएको छ ।
यो पनि पढ्नुस्
थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने
टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ
वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?
थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल
गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति
माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो
टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?
थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति
कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?
टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह
कैलालीका सिडियो फिर्ता बोलाइए
भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए
थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?
टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ
सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए
प्रतिक्रिया 4