१५ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर जाजय माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले मंगलबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका हुन् ।
बालुवाटारमा भएको भेटमा एमाओवादी नेताहरुले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र उनीहरुको जायज मागबारे छलफल गरेर समाधान खोज्न आग्रह गरेका हुन् । ‘बल प्रयोगले समस्याको सामाधन गर्दैन’ माओवादी नेताहरुले भने-‘मुलुकको हितमा भएका जायज मागहरु छलफल र वार्ताका माध्यमबाट सम्बोधन गर्नुस् ।’
जवाफमा प्रधानमन्त्री कोइरालाले छलफललाई तिब्रता दिएर समाधान खोज्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4