+
+

व्यवसाय बन्द गर्ने उद्योग वाणिज्य महासंघको चेतावनी

२३ भदौ, भैरहवा । बन्दले आर्थिक क्षेत्र तहस नहस भएको भन्दै महासंघले यस्तै अवस्था जारी रहे उद्योग व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २३ गते १३:२१

Murarka-and-Mahanth-Thakur

सलमान खान
२३ भदौ, भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलन फिर्ता लिन गरेको आग्रह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ । बन्दले आर्थिक क्षेत्र तहस नहस भएको भन्दै महासंघले यस्तै अवस्था जारी रहे उद्योग व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले बुधबार मधेसी मोर्चाका नेताहरुसँग अन्तरक्रिया गरेको थियो । मञ्चमा बन्दकर्ता र व्यवसायी सँगै थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बन्द फिर्ता लगायतका ५ बुँदे माग गरेका थिए ।

नजिकिदै आएको दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई समेत मनन गर्दै निजी क्षेत्रका मागलाई सम्बोधन गरी तत्काल समस्या समाधान नभए उद्योग व्यवसाय चलाउने नसक्ने उनले चेतावनी दिए ।

तर कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाल उद्योग वाणिज्य महासंघको मागलाई अस्विकार गर्दै सरकारसँग वार्ताको वातावरण मिलाईदिन उल्टै आग्रह गरे । सरकारले वार्ताको वातावरण नमिलाएकाले वार्ता हुन नसकेको भन्दै उनले आन्दोलन गर्नु आफूहरुको बाध्यता रहेको बताए ।

‘नेपाल उद्योग वाणिज्य महासंघको २५ दिनपछि मधेस आन्दोलनमा ध्यानाकर्षण भएको छ त्यसका लागि मोर्चाको तर्फबाट धन्यवाद दिन चाहन्छु,’ कार्यक्रममा महतोले भने, ‘तर तपाईहरुको आन्दोलन फिर्ताको मागलाई हामीले पूरा गर्न सक्दैनौं ।’

उनले विगतमा भएको सहमति कार्यान्वयन गरे आन्दोलन तत्काल फिर्ता हुने बताए । अध्यक्ष महतोले आफूहरुको आन्दोलन कुनै जाती समुदाय विरुद्ध नरहेको बताउँदै अधिकार प्राप्तीको लागि जारी रहेको बताए ।

कार्यक्रममा मोर्चाको तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा र तमलोपाका वरिष्ठ नेता हृदेश त्रिपाठीको उपस्थिति थियो । महासंघको तर्फबाट निवर्तमान अध्यक्ष सुरज वैद्य, उद्योगपति शेखर गोल्छालगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

उद्योगी व्यवसायीले मोर्चासमक्ष राखेका माग

Udhyogi-ko-mag

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?